सिभिल बैंकले पायो आईएसओ ९००१ः२०१५, बैकिङ व्यवसाय साग जस्तो हुन्न, काफल जस्तो हुन्छ

काठमाडौं । सिभिल बैंक लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । बेलायतको यूनाईटेड रजिष्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवास्तर, संस्थागत सुशासन लगायतको विधामा ६ महिना लामो अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र दिइएको नेपालका लागि देशीय प्रमुख प्रकाश पौडेलले बताए । ‘हामीले पहिलो र दोस्रो चरणमा अडिट गरेर सुधारका निश्चित सुझावहरु दियौं । तेस्रो चरणमा अडिट गर्दा बैंकको सस्थागत ग्रोथ राम्रो पायौ । ग्राहकको सन्तुष्टिका लागि बैंकले निरन्तर काम गरेको पायौं । बैंकको व्यवस्थापन संरचना पनि राम्रो पायौं । संस्थाको उदेश्य प्राप्तिको लागि व्यवस्थापन समूहले सक्रियता पूर्वक काम गरिरहेको पायौं’, उनले भने–‘बैंकको लिडरसिप पनि राम्रो छ । बैंकको पोलिसी, गाईडलाईन्स सबै राम्रो पायौ । सबै मापदण्ड पूरा भएपछि यो प्रमाणपत्र दिईएका हौं ।’ प्रकाश पाैडेल आईएसओ ९००१ः२०१५ पाउन बैंकको लागि ठूलो उपलब्धि भएको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए । ‘मर्जरको तयारीमा रहेको बेलामा हामीले आईएसओ ९००१ः२०१५ पाएका छौं । यसले मर्जरको क्रममा नेगोसियसशनको लागि प्वाइट थपेको छ । सेयरधनी सबैको लागि यो खुशीको कुरा हो’ उनले भने–‘यसले बैंकले दिने सेवा स्तर राम्रो छ, बैंकको गुडविल राम्रो छ भन्ने सन्देश दिएको छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकिङ व्यवसाय सागखेती जस्तो नभई काफलखेती जस्तो भएको बताए । ‘साग रोपेको केही दिनमा नै खान मिल्छ । केही महिनामै सागखेती सकिन्छ । काफल रोपेपछि केही वर्ष कुर्नुपर्छ । तर १५० वर्षसम्म फलिरहन्छ’–उनले भने ।

सिभिल बैंक मर्जरको अन्तिम तयारीमा, हिमालयन बैंकसँग सहमति नजिक

काठमाडौं । सिभिल बैंक लिमिटेड मर्जरको तयारी अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । नयाँ मौद्रिक नीति आएपछि नयाँ व्यवस्थाभित्र रहेर मर्जरको सम्झौता हुने उनले बताए । बैंकले आईएसओ २००९ः२०१५ प्रमाणपत्र पाएको अवसरमा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘हामी मर्जरको अन्तिम तयारीमा छौं । मौद्रिक नीतिमा कस्तो व्यवस्था आउँछ भनेर कुरिरहेका छौं । मौद्रिक नीति आएपछि हामी फ्याट्ट क वर्गको बैंकसँग मर्जरको सहमति गर्छौ ।’ क वर्गका बैंकमा पनि विशेषगरी पहिलो पुस्ताको बैंकसँग मर्जरको तयारी भईरहेको उनले बताए । ‘कि मर्ज नै नगर्नु, मर्ज गरिसकेपछि राम्रोसँग मर्ज गर्नुपर्छ भनेर हामी लागेका छौं । हामी भन्दा राम्रो बैंकसँग मर्जमा जान्छौं’ उनले भने-त्यसो त सिभिल बैंक पनि नराम्रो छैन । नराम्रो बैंक भएको भए आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाउने नै थिएन ।’ मर्जरको तयारी भईरहेको बेलामा सिभिल बैंक आईएसओ ९००१ः२०१५ बाट सर्टिफाईड भएकाेले बैंकको नेगोसिएशनको प्वाइट बढेको उनले बताए । स्रोतका अनुसार सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरको विषयमा सहमति नजिकिदै गएको छ । यद्यपि अध्यक्ष तामाङले दोस्रो र तेस्रो पुस्ताका बैंकसँग पनि मर्जरको विषयमा छलफल जारी रहेको बताए । यी २ बैंकका धेरै प्रमाेटर एउटै व्यक्ति तथा संस्था रहेका छन् । दुबै बैंकमा नागरिक लगानी काेषकाे ठूलाे लगानी रहेकाे छ भने सिभिलमा मर्ज भएकाे आइएलएफसी फाइनान्स हिमालयन बैंकका प्रमाेटरले खाेलेका थिए । ‘हामी चाडैनै मर्जरको फाइनल स्टेजमा पुग्दैछौं’ अध्यक्ष तामाङले भने-‘बजार सानो छ । अर्थतन्त्र सानो छ । सानो सानो समाचारले पनि सेयरको मूल्यमा उचार चढाव हुन्छ । त्यसैले मैले अहिले नै फ्याट्ट यहि बैंकसँग हुँदैछ भन्यो भने अर्को समस्या आउँछ ।’ अनौपचारिक रुपमा ६ वटा वाणिज्य बैंकसँग कुरा चलिरहेको, तर मर्जर कमिटि तहमा ३ वटा बैंकसँग बैठकहरु बसिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विकासन्युजसँग भने । तर, उनले मर्जर कमिटि तहमा छलफल भएका बैंकहरुको नाम खुलाउन चाहेनन् ।

यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि, सेयरधनीलाई ८ प्रतिशत बोनसको सम्भावना

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/९५ मा यस फाइनान्सले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो । असार मसान्तको प्रारम्भिक रिपोर्ट अनुसार फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करिब ८ प्रतिशत लाभांश दिनसक्छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ छ । फाइनान्सको पुँजीकोष अनुपात करिव २२ प्रतिशत भएकोले सेयरधनीले नगद लाभांश पाउने सम्भावना छ । सम्भावित लाभांश दर कम देखिए पनि फाइनान्सको वित्तीय अवस्था राम्रो छ । फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७०.६६ प्रतिशतले बढेको छ । फाइनान्सले असार मसान्तसम्ममा निक्षेप ६ अर्ब ५५ करोड, कर्जा सापटी ६ अर्ब ८ करोड र लगानी ४७ करोड रुपैयाँ छ । खराव कर्जा अनुपात शुन्य दशमलव ६५ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । स्प्रेडदर ४.५९ प्रतिशत रहेको छ । बेसरेट १२.६९ भएकोले यस फाइनान्सबाट कर्जा लिन अझै महँगो पर्ने देखिन्छ ।