सिटिजन्स बैंकको नाफा २० प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको सेयर पुँजी ८ अर्ब ३७ करोड छ । विभिन्न शिर्षको रिजर्भमा भएको ४ अर्ब १० करोडसहित बैंकको कोर क्यापिटल १२ अर्ब ४७ करोड छ । असार मसान्तको हिसावमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा छ । प्रतिसेयर सम्पत्ति मूल्य १०७६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४८.८७ रुपैयाँ छ । मुल्य आम्दानी अनुपात १२.५९ प्रतिशत छ । गत विहीबार यस बैंकको सेयर मूूल्य प्रतिसेयर २२७ रुपैयाँ छ । बैंकले गत असार मसान्तसम्ममा निक्षेप ७० अर्ब ५० करोड र कर्जा ६२ अर्ब ९० करोड रुपैयाँ परिचालन गरेको छ । त्यस्तै विभिन्न सेयरमा बैंकले १० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । पुँजी कोष पर्याप्तता १३.१९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो अंक १० प्रतिशतभन्दा कम हुनुहुन्न । पुँजीको अनुपातमा विजनेश अझै कम भएकोले यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने सम्भावना देखिन्छ । खराव कर्जा १.१९ प्रतिशत छ । गत वर्षको असार मसान्तमा भन्दा शुन्य दशमलव २९ प्रतिशतले सुधार भएको छ । कर्जा निक्षेप अनुपात ७७.८७ प्रतिशत छ, जुन राष्ट्र बैंकको तोकेको अधिकतम ८० प्रतिशत सीमा भन्दा केही कम हो । कष्ट अफ फण्ड ८.५८ प्रतिशत, बेस रेट १०.५२ प्रतिशत छ । व्याजदर अन्तर ३.१५ प्रतिशत छ । यसबाट बैंकले निक्षेपकर्तालाई उच्च व्याज दिएको देखिन्छ । तर ऋण विस्तारको लागि कर्जाको व्याजदर उच्च राख्नु पर्ने बैंकको वाध्यता छ । बेस रेटभन्दा कममा कर्जा लगानी गर्न नपाईने राष्ट्र बैंकको नियम भएकोले यस बैंकबाट कर्जा लिनेले औषतमा १२/१३ प्रतिशत व्याज तिर्नुपर्ने देखिन्छ ।
एनएमबी म्युचुअल फण्डको बिक्री साउन १३ देखि, न्युनतम १०० देखि १ करोड २० लाख ईकाईसम्म आबेदन दिन सकिने
काठमाडौँ । एनएमबी बैंकको सहायक कम्पनी एनएनबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तरगत १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्ने भएको छ । उक्त फण्ड साउन १३ गते निष्काशन खुला हुनेछ भने छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गते सम्म भरिसक्नु पर्नेछ । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि १ करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्ने कम्पनीले जनाएको छन् । कम्पनीले प्रति इकाई रु १० का दरका १२ करोड इकाई मध्ये बिज पूँजी बापत न्यूनतम १ करोड ८० लाख वा कूल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबी क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक बिक्रीका लागि खुल्ला गर्न लागेको हो । एनएमबी म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने एनएमबी फिप्टी बन्दमुखी योजना हो ।
एनसीसी बैंकद्वारा युसेप नेपाल पुस्तकालय चलाउन ५ लाख सहयोग
काठमाडौं । एनसीसी बैंक भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग उपलब्ध गराईएको हो । गत असार ३० गते एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेको बैंकका प्रबक्ता बन्दना पाठकले जानकारी दिइन् ।