माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाखको बीमा सुबिधा

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंक लि.ले ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’ मा रु.१४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा रु. १ लाखसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने छ । १ बर्ष अगाडि बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरी उक्त बचत खातामा विषेशताहरु थप गरेको हो । रु.५ हजार न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जस अन्र्तगत बैंकले हालसम्म ११५जना भन्दा बढी ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ । बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबीएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तर शाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।

साना किसान विकास लघुवित्तीय संस्थालाई ग्रामीण स्वावलम्वन कोष हस्तान्तरण, अब सेयरको मूल्य बढ्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर चिरञ्जीवि नेपालको उपस्थितिमा राष्ट्र बैंकले साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालालाई १ अर्ब १० करोडको उक्त कोष हस्तान्तरण गरेको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई १ अर्ब रुपैयाँ दिने घोषणा गरेको थियो । तर, अहिले भने ग्रामीण स्वावलम्बन कोषको १ अर्ब १० करोड रुपैयाँ हस्तान्तरण गरिएको हो । कृषि कर्जा कार्यक्रम प्रभावकारी बनाउन संस्थागत सुधार गर्दै, मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा पहुँच सुनिश्चित गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत परियोजना कै धितोमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताएका थिए । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार हाल सम्म यस संस्थाले करिब ९ लाख किसानलाई ६ अर्ब रुपैयाँ बिनाधितो कर्जा प्रवाह गरेको छ । यस संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ९४८ रुपैयाँ रहेको छ । यसको सेयर मूल्य अब बढ्न सक्छ । उक्त कोष साउन १ गतेदेखि वित्तीय संस्थाले सञ्चालन गर्नेछ । यसअघि राष्ट्र बैंकले सञ्चालन गरेको ग्रामीण स्वावलम्बन कोषद्वारा सञ्चालित कार्यक्रमहरु तत्कालीन साना किसान विकास बैंक मार्फत सञ्चालन हुँदै आएको थियो ।

बैंकमा पैसा थुप्रियाे, लगानी याेग्य पुँजी ९७ अर्ब रूपैयाँ

काठमाडाैं । असार मसान्तसँगै बैंकिङ क्षेत्रमा तरलता बढेकाे छ । हाल वाणिज्य बैंकहरूमा मात्र ९७ अर्ब रूपैयाँ जम्मा भएकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बताएका छन् । सरकारी ठेक्काका भुक्तानी निकासा भएकाे, असार मसान्तसँगै निजी क्षेत्रबाट पनि बाँकी रकम भुक्तानी गर्ने अभ्यास भएकाे, कर्जाकाे व्याज, किस्ता बैंकमा जम्मा भएकाेले बैकिङ क्षेत्रमा तरलता बढेकाे गभर्नरले बताएका छन् । तरलता वृद्धिसँगै सरकारले ऋणपत्र निष्काशन गरिरहेकाे छ । नेपाल राष्ट्र बैंकले सोमवार रु २० अर्ब बराबरको ट्रेजरी बिल निष्काशन गरेकाे छ । यसका लागि बैंकहरूले असार मसान्तकै दिन  बोलकबोलको प्रक्रियाबाट लिन सक्छन्   त्यस्तै बैंकले गत आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । त्यस्तै, बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।