एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना, ‘एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा’

काठमाडौँ । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजनाअन्तर्गत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ । बैंकले चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो । उक्त विप्रेषण रकम बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ । यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भदौ १ देखि असोज ३० गतेसम्म लागू हुने जनाइएको छ ।

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड, प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ

काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । बैंकको विवतरण योग्य नाफा भने १ अर्ब ११ करोड रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकले गएको आवमा ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ८७ करोड रहेको थियो । बैंकको संचालन मुनाफा पनि बढाएको छ । गत आवमा बैंकको यस्तो मुनाफा भने २ अर्ब ६० करोड रहेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब चार करोड रुपैयाँ थियो । असार मसान्तसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशतमा रहेको छ । सीडी रेसियो ७५.५७ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) २ अर्ब ५८करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ रहेको छ । बैंकको स्प्रेडदर ४.४४ प्रतिशत कायम रहेको छ भने बैंकका बेसरेट १०.३२ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ७.३३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.४७ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रूपैयाँ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ४९ करोड

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा १४.२२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब १८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ३ अर्ब ५२ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३ अर्ब २९ करोड रहेको थियो । बैंकको संचालन मुनाफा भने ३ अर्ब ४८ करोड रहेको छ । असार मसान्तसम्म बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतमा सीमित रहेको छ । सीडी रेसियो ७३.१३ प्रतिशत रहेको छ । बैंकका बेसरेट ७.६३ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) ५ अर्ब १७ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.१५ रुपैयाँ रहेको छ । बैंकको स्प्रेडदर ४.४५ प्रतिशत कायम रहेको छ भने बैंकले बेसरेट(आधार ब्याजदरं ७.६३ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ५.५० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवथ १८७.०८ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६५५ रूपैयाँ रहेको छ ।