माछापुच्छ्रे बैंककाे जोड व्यवसाय विस्तारमा, तीन महिनामा नाफा साढे ३७ करोड
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारलाई जोड दिएको छ । साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी ९१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापाटी ८ अर्ब ५४ करोडले वृद्धि गरी ८३ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । असोज मसान्तमा बैंकको वासलात १ खर्ब १४ अर्ब रुपैयाँ भएको छ, जुन असार मसान्तको तुलनामा ९ अर्बले बढी हाे । ८ अर्ब ४५ करोड चुक्ता पुँजी भएको यस बैंकले ३ महिनामा ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा थोरै बढेकाे देखिन्छ । चालु आर्थिक वर्षमा १३ वटा शाखा थप गरी १४३ वटा पुर्याएकाेले र नयाँ व्यवसाय विस्तारमा जोड दिईएकोले नाफा वृद्धि कम हुन गएको बैंक उच्च व्यवस्थापनले जनाएका छ । बैंकका अन्य धेरै परिसूचकमा सुधार देखिएको छ । बैंकको खराव कर्जा घटेर शुन्य दशमलव ३१ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ७.९९ बाट ७.५७ प्रतिशतमा झरेको छ । बेसरेट ११.२१ बाट घटेर १०.५६ प्रतिशतमा झरेको छ । पुँजी प्रयाप्तता अनुपात १३.८९ प्रतिशत छ । यसको अर्थ नयाँ व्यवसाय विस्तार गर्न बैंकलाई प्रयाप्त स्पेश रहेको देखिन्छ । बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६४ पैसा छ । प्रति सेयर मूल्य आम्दानी अनुपात १२.६० रहेको छ । विहीबार बैंकको सेयर २२४ रुपैयाँमा कारोबार भएको छ ।
गण्डकी विकास बैंकद्वारा मुस्ताङमा विविध सामाग्री वितरण
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ । यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५ स्थीत जनमुक्ति युवा क्लवलाई विभिन्न खेलकुद सामाग्रीहरु तथा जोमसोम स्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीहरुका लागि विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ । छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित संघ संस्थाका पदाधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा उल्लेखित संघ संस्थाका पदाधिकारी एवम् स्थानीयको उपस्थिती रहेको थियो ।
एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार
काठमाडौं । एकै दिन सनराइज बैंकको एक शाखा र दुई एक्सटेन्सन काउण्टरको शुरुवात गरेको छ । बैंकको १२३ औं शाखा कैलालीको भजनी नगरपालिकामा नगर प्रमुख शेरबहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगरका प्रतिनिधि तथा बैंकका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । देशभरी हालसम्म सनराइज बैंकका एक सय २३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४४ वटा एटिएम मार्फत आफ्ना करिब ६लाख ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएम संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।