बिग मर्जर पछि विदेशमा शाखा खोल्ने- अध्यक्ष चन्द्रप्रसाद ढकाल
सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्क को अस्ट्रेलिया मा शाखा खोल्ने तयारी शुरु भएको पनि बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि शुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी शुरु हुने बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्मबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।
एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टमा १५% छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
माघ १ गतेदेखि बैंकहरू अनिवार्य ‘गो-एएमएल’ मा जानुपर्ने, नगए कारवाही हुने
काठमाडौं । बैंकहरूले सम्पत्ति शुद्धीकरण निवारणमा जान आलटाल गरेपछि राष्ट्र बैंकले समयनै तोकेर ‘गो-एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो-एएमएल’ मा जान निर्देशन दिएको हो । सम्पत्ति शुद्धिकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण राष्ट्र बैंकले गो-एएमएलको व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यदि बैंकहरू माघ १ पछि पनि गो-एएमएल सफ्टवेयर सिष्टम अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएनन् भने कारवाही गर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘माघ १ गतेसम्म सफ्टवेयर जडान नगर्ने बैंकहरूलाई जरिवाना गरिन्छ,’ उनले भने ‘बैंकहरूले यसका लागि आन्तरिक तयारी गरिरहेका छन् । कति बैंकले त अहिले नै गो-एएमएल सफ्टवेयरको परीक्षण समेत गरिरहेका छन् ।’ बैंकहरूले राष्ट्र बैंकले निर्देशन गरे बमोजिम तोकेको समय सीमाभित्र गो-एएमएल सफ्टवेयर लागू गर्ने गरी तयारी गरिरहेको नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले बताए । ‘सम्पत्ति शुद्धीकरण निवारणको विषयलाई राष्ट्र बैंकले धेरै पहिलादेखि महत्वका साथ उठाइरहेको छ,’ उनले भने ‘त्यसैले राष्ट्र बैंकले तोेकेकै समयभित्र सफ्टवेयर जडान गर्ने तयारी बैंकहरूले गरिरहेका छन् ।’ राष्ट्र बैंकको नीति र विश्व परिवेशअनुसार त्यसैपनि बैंक तथा वित्तीय संस्थाहरूलाई अनिवार्य रुपमा डिजिटलाइजेसनमा जानुपर्ने वाध्यता छ । ‘गो-एएमएल’ सफ्टवेयर कार्यान्वयनमा आएपछि बैंकहरूले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्ने छ । गो-एएमएलको सिष्टमअनुसार चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नुपर्ने हुन्छ । सो नयाँ सिष्टमअनुसार बैकिङ कारोेबार गर्न माघ १ गतेबाट बैंकले चेक तथा नगद जम्मा गर्ने फारम समेत नयाँ बनाउनु पर्ने भएको छ । अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गरेको छ । गो-एएमएल सिष्टममा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा विभिन्न शाखा र समयमा चेक डिपोजिट भए पनि सिष्टमले सहजै देखाउँछ । बैंकहरू दिनभर गर्ने सबै कारोबारको विवरण बैंकहरूको कोर बैंकिङ सिस्टम हुँदै गो-एएमएलमा जोडिन्छ ।