बाउन्स चेक काट्दा राजेश बमलाई ५ दिन कैद, साढे तीन लाख जरिवाना

काठमाडाैं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने कञ्चनपुर शुकलाफाटाका नगरपालिका ९ का राजेश बमलाई बैंकिङ कसुर अन्तर्गत जरिवाना गरेको छ । उनलाई उच्च अदालतले ५ दिन कैद  ३ लाख ५० हजार जरिवाना गरेको छ । उनले आफ्नो खातामा प्रयाप्त रकम नभएको थाहा हुदाहुदै माछापुच्छ्रे बैंक न्यूरोड शाखामा रहेको खाताबाट जाहेरवाला विकाश थापाले भुक्तानी पाउने गरी ३ लाख ५० हजार रुपैयाँका चेक काटेका थिए । बमलाई माघ ८ गते काठमाडौंको कलंकीबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा पेश गरेको थियो । उनी हाल काठमाडाैंकाे कलंकी बस्दै आएका  थिए ।

सिद्धार्थ बैंकको नाफा १ अर्ब २ करोड, कर्जा प्रवाहमा आक्रामक

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिकोतुलनामा यो वर्षको ६ महिनामा सिद्धार्थको नाफा करिब साढे ४ करोड रुपैयाँले घटेको छ । बैंकमा ग्राहकको १ खर्ब २६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप छ । गत असार मसान्तमा यस्तो निक्षेप १ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा बैंकमा करिब १२ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत पुस मसान्तसम्ममा बैंकले १ खर्ब १८ अर्ब ३६ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत असार मसान्तमा यस्तो कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा कर्जा तथा लगानी भने करिब १४ अर्ब रुपैयाँले बढेको छ । यो तथ्यांकले कर्जा तथा लगानीमा सिद्धार्थ बैंक आक्राम भएको संकेत गर्छ । गत पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा खुद व्याज आम्दानी २ अर्ब २८ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात १.५५ प्रतिशत छ । बैंकले सम्भावित कर्जा नोक्सानीका लागि ११५.३४ प्रतिशत रकम राखेको छ । पुँजीको लागत ७.२७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत, आधार दर १०.०४ प्रतिशत, व्याज अन्तर ५.१७ प्रतिशत र रिटर्न अन इक्वीटी (आरओई) १३.८२ प्रतिशत छ ।

सागका पदक विजेता खेलाडीलाई एनआईसी एशियाले दियो १० लाख

काठमाडौं । एनआईसी एशिया बैंकले १३ औं दक्षिण एशियाली खेलकुदका विजेतालाई ९ लाख ९५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा खेलकुदमा सहभागी विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप सो रकम बराबरको चेक प्रदान गरेको हो । उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका छन् । कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख आतिथ्यता रहेको थियो । यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हो । २१ लाखभन्दा बढी ग्राहक यस बैंकबाट प्रभावित छन् । उक्त बैंकले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।