महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान
काठमाडाैं । महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रभु बैंकको नयाँ शाखा रसुवाको केन्जिङ्गमा
काठमाडौं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबारदेखि रसुवाको लाङटाङ–केन्जिङ्गमा २०६औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरेका हुन् । लाङटाङ शाखा कार्यालयको उद्घाटन गर्दै साङगे लामाले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । बैंकको उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धी भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लाङटाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।
बैंक अफ काठमाण्डूद्वारा साई विद्या मन्दिरलाई ५ लाख सहयोग
काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् । २०६८ साल बैशाख १ गतेदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिंदै आएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।