राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभात उच्च माविमा सूचना प्रविधि कक्षा स्थापना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा संचार प्रविधि(आइसिटी) कक्षाको सञ्चालन भएको हो । स्थापनासँगै कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सूचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताएका छन् । सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसकाे हरेक कारोबारमा आकर्षक उपहार
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुका लागि विभिन्न उपहारहरुको योजना ल्याएको हो । यस योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद एटिएम, एन्जाज सेल्फ –सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टरमा उपलब्ध छ । योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुनका सिक्का , ४५ जनाले सिटी म्याक्सको सपिङ भौचर र अन्य आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको हो ।
वैदेशिक रोजगारीमा जाने युवाले पाउने भए बिना धितो ऋण
जनकपुरधाम । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको जानकारी दिए । उनले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरेका छन् । यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो । प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रमसम्झौतापछि बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ । बैंकका कार्यकारी प्रमुख मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह,सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजित बोहराले नयाँ कार्यक्रम शुरुआत भएको बताए ।रासस