सानिमा बैंकले ल्यायो नारी बचत खाता, विपन्न वर्गका महिलाको उत्थान गर्ने

काठमाडौं । सानिमा बैंकले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । “बचत आफ्नो लागि सहयोग नारीको लागि”भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा १ रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्ने कम्पनीले जनाएको छ । महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रुपम ाअन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यससँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत क्यास ब्याक वा अधिकतम् ५ सय रुपैयाँसम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा दुई हजार रुपैयाँसम्म बचत गर्न सकिनेछ । उक्त क्यास व्याक योजना २०७६ फागुन देखि २०७७ वैशाखसम्म तीन महिनाको लागि लागू हुने कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंक र म्याक्स मनिबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता भएको छ । दुई कम्पनीले मलेसिया लगायत अन्य मुलुकबाट बैंकिङ् प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि उक्त सम्झौता गरेका हुन् । यस सम्झौता बमोजिम अबम्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको ८९ वटा शाखाहरुबाट सजिलै भुक्तानी पाउन सकिने छ । जसबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । हाल बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एन प्याब्सनकाे सबै बैंकिङ्ग कारोबार अबदेखि प्रभु बैंक मार्फत

काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनको बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहका विच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र एन प्याब्सनसँगको बुधबार सम्पन्न सम्झौता बमोजिम प्रभु बैंक एनप्याब्सनको आधिकारिक बैंक हुनेछ । एन प्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकबाट गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंकमार्फत नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्न सक्नेछन् । उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारहिरुले बैंक मार्फत नै तलब भुक्तानी लिन सक्नेछन् । एन प्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थि, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।