शुरु भयो यामाहाको एक्स्चेञ्ज मेला, एक्स्चेञ्जमा नगददेखि टेष्ट राईडमा हेलिकोप्टर यात्रासम्मको अवसर

काठमाडौं । यामाहा नेपालले आज (चैत ५ गते) देखि महा एक्स्चेञ्ज मेला शुरु गरेको छ । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा आजदेखि चैत ११ गतेसम्म उक्त मेला गर्न लागेको हो । मेलामा यामाहाले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलहरुका लागि प्रचलित बजार मूल्यमा १५ हजार रुपैयाँ थप मुल्यांकन गर्नेछ । यसका अतिरिक्त यामाहाले यामाहा बाइक तथा स्कुटरहरुको खरीदमा कम मासिक किस्ता, शुन्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्ट लगायतका विशिष्ट अफरहरुका साथ “अन द स्पट फाइनान्सिङ्ग” को सुविधा समेत उपलब्ध गराएको छ । साथै यस मेलाका आकर्षणहरुमा यामाहा ब्राण्डका बाइकहरु तथा स्कूटरहरु खरीद गर्दा स्योर शट नगद छुटमा १० हजार रुपैयाँ र चलाउँदा लगाउने सामग्रीहरु जित्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, टेष्ट राईड गर्ने भाग्यशाली विजेताहरुले हेलिकोप्टर यात्राको अवसर पनि पाउन सक्ने छन् । त्यसैगरी, यामाहा नेपालले अवलोकनर्ताहरुलाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाईको अफर पनि दिएको छ, यो अफर जुनै ब्राण्डका बाइकहरुका लागि खुला गरिएको छ । महामेलाको थप आकर्षणमा राइडिङ्ग प्रतियोगिता, डोर पुरस्कारहरु, दैनिक क्वीजहरु, र अवलोकनमा आउनेलाई अपूर्व अनुभूति प्रदान गर्न नेपाली मनोरन्जन क्षेत्रका धेरै चर्चित हस्तीहरुसँग भेट गर्ने अवसर पनि प्रदान गर्नेछ । यसका साथै अवलोकनकर्ताहरुले एक्स्चेञ्ज मेलाको दौरान प्रदर्शनीका लागि राखिने सुपर बाइकहरु पनि हेर्न पाउनेछन् । ”हामी यो मेलाको आयोना गर्न पाएकोमा हर्षित छौं । यो बाइकधनीहरुका लागि एफआइ इन्नि बाइकमा स्तरोन्नति गर्ने र आफ्नो स्वामित्वको बाइक तथा स्कूटरहरुको उत्कृष्छ मुल्य प्राप्त गर्ने स्वर्णिम अवसरको मेला हो । हामी विश्वस्त छौं कि यो एक्स्चेञ्ज मेलाले हाम्रा आदरणीय ग्राहकहरुलाई उत्कृष्ट डिलहरु गर्ने अवसर प्रदान गर्नेछ ।”, मेलाको बारेमा जानकारी दिँदै यामाहा मोटर्सका सीईओ चिरञ्जीवी शाहले भने ।

नेपालमा केटिएम २५० एड्भेन्चर बाइक लन्च, मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ पर्ने

काठमाडौं । केटिएमले बहु प्रतिक्षित केटिएम २५० एड्भेन्चर बाइक लन्च गरेको छ । देशभरका केटिएमका डिलरमा यसको बुकिङ्ग खुला गरिएको छ । कम्पनीले केटिएम विश्वको एक नम्बर मोटरसाइकल दावी गरेको छ । यसको मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक लन्च गरेको हो । कम्पनीले यस अघि केटिएम ३९० एड्भेन्चर लन्च गरेको थियो । एड्भेन्चर बाइकिङ्गका लागि नयाँ मोडलको मोटरसाइकल लन्च गरिएको हो । उत्कृष्ट ह्यान्डलिङ र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटिएमको नवीनतम एडिसन हो । यसको वृहत डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर निर्मित गरिएको छ । केटिएम २५० एड्भेन्चरमा २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ । यसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डेलिभरी प्रदान गर्दछ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्छ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (पास्क) ले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्छ । यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिङ र डाकार र्‍याली हेरिटेज अपनाउछ । उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटिएम २५० एड्भेन्चर, डब्ल्युपि एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने WP APEX अपसाइड–डाउन ४३ mm अगाडिको फोर्कमा १७७ mm ट्राभल रेन्ज हुन्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक BYBRE ब्रेक्समा ४–पिस्टन र्‍याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० mm रियर ब्रेक डिस्क र लार्ज ३२० mm फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक ABS प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साघुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ । १४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने BS6 ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ । ‘भर्खरैका वर्षहरूले हामीले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् । बाह्य अन्वेषणमा रुचि बढ्दो छ ।’ हन्सराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका ए.जी.एम बिजय मोक्तानले भने, ‘हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ ।’ यसमा नवीनतम प्रविधिको साथ टप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर निर्मित केटिएम एड्भेन्चर २५० ले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमा आफ्नो छुट्टै मापदण्ड तय गर्दछ ।  

नेपाली एस्काभेटर बजारमा हुन्डाई बन्यो नम्बर १, पायो सर्टिफिकेट अफ एप्रिसिएसन

काठमाडौं । हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डका साथै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका म्यानेजिङ डाईरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको थियो । सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भए वापत सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको हो । नेपाली एस्काभेटर बजारमा विगत ३–४ वर्ष यता हुन्डाई मार्केट लिडर रहँदै आएको बताईएको छ । हुन्डाई इन्डियाले गरेको सहयोग र हालै प्रदान गरिएको अवार्डप्रति कन्स्ट्रक्सन सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर सन्दिप सारदाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यो क्षेत्रमा सधै नम्बर १ रहन परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ग्राहक र डिलर पार्टनरको मेहनत र उत्कृष्ट कार्यप्रति कृतज्ञ भएको बताउँदै यसैको प्रतिफल नै यो उपलब्धी भएको बताए । नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाई एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाई छ । निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाईका मेसिन प्रयोग भइरहेका छन् ।