५० हजार डलरभन्दा महंगा गाडी आयातको प्रतिबन्ध हट्यो, केराउ, सुपारी, छोकडा र मरिचमा कोटा
काठमाडौं । सरकारले ५० हजार अमेरिकी डलरभन्दा महंगा सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गरी गत वर्षदेखि लगाएको प्रतिबन्ध हटाइएको जानकारी गराएको छ । विश्वव्यापी रुपमा बढेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण विदेशी मुद्रा संचितमा नकारात्मक असर पर्ने भन्दै सरकारले गत वर्षको चैत २४ गतेदेखि ५० हजार अमेरिकी डलरभन्दा महंगा सवारी साधान आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले गरेको नयाँ व्यवस्था अनुसार अबदेखि नेपालमा जति मूल्यको पनि सवारी साधन आयात गर्न बाटो खुलेको छ । सरकारले केराउ, सुपारी, छोकडा र मरिचमा भने परिमाणात्मक बन्देज लगाएको छ । नयाँ व्यवस्था अनुसार चालु आर्थिक वर्षको बाँकी अवधिमा ८० हजार मेट्रिक टनसम्म केराउ आयात गर्न पाइने भएको छ । सरकारले गत वर्षको चैत २४ गते नै केराउ आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । यस्तै, चालु आर्थिक वर्षको बाँकी अवधिमा २५ हजार मेट्रिक टन सुपारी आयात गर्न पाइने भएको छ । सरकारले सुपारी आयातमा पनि गत वर्षको सोही मितिदेखि पूर्ण प्रतिबन्ध लगाएको थियो । आज प्रकाशित राजपत्रका अनुसार चालु आर्थिक वर्षमा ५ हजार मेट्रिक टन छोकडा आयात गर्न पाइने भएको छ । सरकारले गत वर्षको चैत २४ गतेदेखि नै छोकडा आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । यस्तै, मरिच आयातमा पनि परिमाणात्मक बन्देज लगाइएको छ । गत वर्षको चैत २४ गतेदेखि मरिच आयातमा लगाइएको पूर्ण प्रतिबन्ध हटाउँदै सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिमा १५ हजार मेट्रिक टन आयात गर्न पाउने व्यवस्था गरेको छ ।
टिभिएसकाे नयाँ वर्ष अफर: १० हजारसम्म पक्का डिस्काउन्टका साथै कार जित्ने माैका
काठमाडाैं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस ‘वा, वाह्, वाहह्’ ग्राहक योजना ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा सुरु भएको यस योजना बैशाख ३१ गतेसम्म चल्ने छ । यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरकोे खरिदमा १० हजारसम्म पक्का डिस्काउन्टको साथै शून्य प्रतिशत ब्याजदर भएको “वा“अफर रहेको छ । साथै यस योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरुमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत एउटा नयाँ टिभिएस आरआर ३१० उपहार स्वरूप प्रदान गरिनेछ । योजना यतिमा मात्र सिमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै वाह्ह्सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्याण्डर एमटी भर्जनको नयाँ प्राेटाेन सागा फेसबुक लाइभ मार्फत प्राप्त गर्नेछ । यस योजना माथी उल्लेखित समयावधीभित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागु हुने कम्पनीले जनाएकाे छ । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सक्षम भएको छ ।
एमएडब्लु वृद्धिले नेपालमा खोल्यो फोटनको विश्वस्तरीय सोरुम
काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले ललितपुरको बालकुमारीमा सोरुम खोलेको छ । करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुआत’लाई संकेत गदर्छ । नयाँ सोरुम नेपालमा फोटनको ‘बिग प्लान’अन्तर्गत स्थापना गरिएकाे कम्पनीले जनाएकाे छ । फोटनको नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भच्र्युअल माध्यमबाट सार्वजनिक गरिएको थियो । ‘आजको दिन हाम्रा लागि निकै रोमाञ्चक छ । ग्राहक महानुभावहरु सदा हाम्रो पहिलो प्राथमिकतामा पर्नुहुन्छ । त्यसैले, उहाँहरुको आत्मविश्वास बढाउन र उहाँहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेका हौं,’ एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले भने । आफुहरुले केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनि निर्माण गर्ने उनले जानकारी दिए । यस्तै हामीले इटहरी, नेपालगञ्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर र देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्ने उनले बताए । फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।