बजाजको नयाँ शोरुम अछाममा
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एण्ड सप्लायर्स’ को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएकाे छ । कम्पनीले ट्रेडर्स एंड सप्लायर्स, अछामका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरेकाे हाे । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । नयाँ शोरुम शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले अछाममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएकाे बताए । शोरुमले उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरेकाे छ ।
नेपालमा टाटाका सबै कार बीएस ६ इन्जिनमा, आधिकारिक बिक्री सुरु
काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै मोडललाई बीएस ६ इन्जिनमा नेपाल भित्र्याएको छ । मंगलबार सोल्टी होटलमा आयोजित कार्यक्रममा कम्पनीले एच ५, टियागो, टिगोर, नेक्सन र अल्ट्रोजको बीएस ६ मोडल बजारमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्स मार्केट लिडर भएको दावी गरे । यस्तै सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणाले आफ्नो कम्पनीले दिर्घकालिन योजनाहरुमा लगानी गर्ने कुरामा जोड दिए । सिप्रदी ट्रेडिङले विक्री गर्दै आएका यी कार बीएस ४ मापदण्डबाट बीएस ६ मापदण्डमा अपग्रेड भएका हुन् । नयाँ अपग्रेडसँगै यसको मूल्य परिमार्जन भएको छ । पछिल्लो समय टाटाले आक्रामक बजार विस्तारमा गरिरहेको छ । नयाँ प्ल्याटफर्म निर्माण गरेर टाटाले गाडी उत्पादन गर्दै आएको छ । कम्पनीको नेक्सन, अल्ट्रोज, टियागो र एच ५ ग्राहकले रुचाएका मोडल हुन् । यसअघि सिप्रदी ट्रेडिङले सुरुवाती बुकिङ गर्ने १ सय ग्राहकलाई विशेष अफर गरेको थियो । कम्पनीले सुरुमा बुकिङ गर्ने ग्राहकलाई आइफोन १२, आकर्षक नगद छुट, एक्स्चेन्ज बोनस, एक वर्षको नि:शुल्क सर्भिस सुविधा र नि:शुल्क जेन्युन एक्सेसरिजहरु दिने घोषणा गरेको सिप्रदीका राजेश प्रसाद गिरीले बताए । गाडी बिग्रिएको ४८ घण्टाभित्र सर्भिस दिन नसकेमा नि:शुल्क सर्भिस दिने गिरीले बताए । सन् १९८२ देखि गाडी बेच्न सुरु गरिएको इतिहासले स्मरण गरे ।
जेसीबीद्धारा निर्माण क्षेत्रका १३ महिला सम्मानित, हेभि उपकरणको तालिम लिन चाहने महिलालाई छात्रवृत्ति दिने घोषणा
काठमाडौं । नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । एमएडब्लु जेसीबीले सोमबार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलालाई सम्मान गरेको थियाे । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले निर्माण क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई फाउन्डेसनले ६७ प्रतिशत छात्रवृत्ति दिने बताएकी छिन् ।