हाउजेको सातौं शोरुम काठमाडौंको चाबहिलमा, शाखा विस्तारमा आक्रमक बन्दै

काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नयाँ शोरुम चाबहिलमा विस्तार भएको छ । कम्पनीले आज(फागुन २१ गते) उक्त स्थानमा नयाँ अर्थात आफ्नो सातौं शोरुम सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन शेर्पा एशोसियसनका विश्वव्यापी अध्यक्ष आङ दोर्जे लामा, अमरराज कर्णिकार र बौद्ध सामुदायिक संस्थाका अध्यक्ष जय मंगल लामाले उद्घाटन गरेका हुन् । नयाँ शोरुम उद्घाटन गरेको अवसरमा कम्पनीले विशेष छुटका साथै बाइक किन्ने ५ जना ग्राहकलाई हाउजे बाइकको चाबी हस्तान्तरण गरेको छ । शोरुम सञ्चालक मिनराज शाक्यले हाउजेको शोरुमबाट बिक्री पछिको सेवालाई पनि ध्यान दिने जानकारी गराएका छन् । कम्पनीले यसअघि काठमाडौं उपत्यकाको कमलपोखरी, टेकु र नयाँ बजारमा शोरुम विस्तार गरि सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, उपत्यका बाहिर चितवन, हेटौंडा र संखुवासभामा कम्पनीको शोरुम रहेको जानकारी गराएको छ । कम्पनीले केही दिनमै नेपालका सबै मूख्य सहरदेखि गाउँसम्म हाउजेको शोरुम सर्भिस सेन्टर र पाट्र्स सहितको शाखाहरु विस्तार गर्ने लक्ष्य लिएर आक्रामक शैलीमा बाइक तथा स्कुटर बजारको हिस्सा ओगट्ने उद्देश्य रहेको छ । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर विस्ता गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टससमेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको नयाँ शोरुम र वर्कशप

सर्लाही । सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको नयाँ शोरुम र वर्कशप खुलेको छ । योसँगैं पि एस इन्टरप्राइजेस बेनेली मोटरसाईको लागि मलङ्वा, सर्लाही जिल्लाको अधिकृत बिक्रेता भएको छ । यस नयाँ शोरूममा बेनेलीको पाँच नयाँ मोडेल रहनेछ । कम्पनिको अनुसार १५० सीसीको टिएनटि१५, १५० सीसीको टिएनटि१५० आई, २५० सीसीको बिएन२५१, लिओनसिनो२५० र टिआरके२५१ दुई वर्षको ईन्जिन वारेण्टीको सहित शोरुममा बिक्रीको लागि रहनेछ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरनेसनल ट्रेडिंगले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ । बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक बैदनाथ महतोेको अनुसार यी मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेकाे छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो जसले १९११ देखीनै मोटरसाइकल पारखीबीच एउटा बैग्लै पहिचान बनाएको छ ।

एनआईयूले भित्र्यायो नयाँ जेनेरेसनको ई-स्कुटर, मूल्य २ लाख ३९ हजार रुपैयाँ

काठमाडौं । इलेक्ट्रिक ब्रान्ड एनआईयूले नेपाली बजारमा अर्को नयाँ मोडल ‘एनआईयू एमक्यूआई प्लस’ लन्च गरेको छ । कम्पनीले विश्व प्रसिद्ध कम्पनी बोससँगको सहकार्यमा पुन नयाँ जेनेरेसनको ई-स्कुटर नेपाली बजारमा लञ्च गरेको हो । फागुन १९ गते सार्वजनिक भएको उक्त ‘एनआईयू एमक्यूआई प्लस’ मा फरक ड्राइभिङ मोड र दोस्रो राइडरका लागि थप स्पेस समेत रहेको छ । विभिन्न ५ कलरमा उपलब्ध रहेको यस स्कुटरको मूल्य २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो इलेक्ट्रिक स्कुटरमा ४८ भोल्ट ३१ एएचको लिथियम आयोन ब्याट्री र बोसको १५ सय वाटको इलेक्ट्रोमिटर रहेको छ । सिंगल चार्जमा ६० देखि ७५ किलोमिटर सम्मको रेन्ज दिने सो स्कुटरको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा हुने कम्पनीले जनाएको छ ।