रोयल इन्फिल्ड मोटरसाइलको ‘विमन्स डे राइड’ सम्पन्न

<p>काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतकाे विवेक अटोमोबाइलसले १११ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको &#8216;विमन्स डे राइड&#8217; कार्यक्रम सम्पन्न भएकाे छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना दुगड ग्रुपकाे कार्यक्रमकाे शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरेका थिए । बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखी सुरु भएको समुहकाे राइडले [&hellip;]</p>

काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतकाे विवेक अटोमोबाइलसले १११ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको ‘विमन्स डे राइड’ कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना दुगड ग्रुपकाे कार्यक्रमकाे शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरेका थिए ।

बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखी सुरु भएको समुहकाे राइडले बनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुदै टेकुको श्री जन उद्धार सेवा समितिमा पुगी त्यस बालआश्रममा राशन र पढाईलेखाइका सामग्रीको सहयोग गरी पहिलो चरणकाे राइड पुरा गरेको थियो ।

यस्तै दोश्रो चरण राइडको लागि समुहले जन उद्धार सेवा समितिदेखि साँगासम्मको ४० किलोमीटरको यात्रा गरेको थियो ।

३१ वोटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले यस राइडमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा गाइड द बलाइन्ड र एक्वा पोङ जस्ता खेलहरु समावेस गरिएकाे थियाे । गाइड द बलाइन्डका विजेता सिताष्मा लामा, रन्जु सापकोटा, रोशनी भण्डारी, स्मृति भारती र कोपिला मगर भएका थिए । यस्तै एक्वा पोङ का बिजेता भने सिताष्मा लामा, रोशनी भण्डारी रस्मृति भारती भएका थिए ।

अनाथ बालबालिकाहरुलाइ सेवा गर्दै आएको जन उद्धार सेवा समितिलाई सहयोग एवं त्यस बालआश्रममा रहेका बालबालिकाहरुसँग अन्तक्रिया गर्ने राइडको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएकाे छ । 

 

Share News