काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे रेसिङ एक्सपेरियन्सको पुरस्कार वितरण गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राइडरहरूलाई सम्मान र पुरस्कार वितरण गरिएको हो ।
भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सम्पन्न एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल थिए ।
नेपालबाट छनोट भएर अन्तर्राष्ट्रिय ट्रयाकमा पुगेका तीन नेपाली राइडरहरूले विभिन्न विधामा शीर्ष स्थान ओगटेर नेपाली मोटो स्पोर्ट्सको इतिहासमा नयाँ अध्याय थपेका थिए ।
प्रतियोगिताको नतिजा र उपलब्धि चेन्नईको कठिन ट्रयाक र उच्च गतिको चुनौतीलाई आत्मविश्वासका साथ सामना गर्दै नेपाली राइडरहरूले अभिनव राज मल्लाले २०० अअ विधामा प्रथम स्थान, दिलीप दनुवारले ३१०अअ विधामा प्रथम स्थान तथा सुजन थापा मगरले १६० अअ विधामा दोस्रो स्थान हासिल गरेका थिए ।
नयाँ पुस्ताका लागि प्रेरणा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै भने, ‘नेपाली राइडरहरूले हासिल गरेको यो सफलता हाम्रो लागि गौरवको विषय हो । यसले उनीहरूको मेहनत मात्र नभई नेपालमा मोटोस्पोट्र्सको उज्ज्वल सम्भावनालाई समेत उजागर गरेको छ । हामी युवा राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन निरन्तर प्रतिबद्ध छौं । ’
अन्तर्राष्ट्रिय रेसिङ प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल राइडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा जगदम्बा मोटर्सका प्रिमियम सेल्स हेड विपिन बोगटी र नेपाल अटोमोबाइल्स स्पोट्र्स एसोसिएसन (नासा) का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तीन फरक सीसी श्रेणीमा विजेताहरूलाई ट्रफी र खदा ओढाएर सम्मान गरिएको थियो । जसमा १६० सीसी श्रेणीमा मगर, २०० सीसी श्रेणीमा भण्डारी तथा ३१० सीसी श्रेणीमा डंगोल रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नासाका प्रतिनिधि गोविन्द भट्टराईले नेपाली राइडरहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराएकोमा गर्व व्यक्त गरे । उनले भने, ‘हाम्रा राइडरहरूले तीनवटा विधामा पहिलो, दोस्रो र पुनः पहिलो स्थान हासिल गरेर नेपालको नाम विश्वभर चम्काउनुभएको छ । यो जित नेपालको मोटर
स्पोट्र्स क्षेत्रका लागि ठूलो उपलब्धि हो ।’
आगामी योजना र सुरक्षामा जोडः जगदम्बा मोटर्सले नेपाली राइडरहरूको सीप विकासका लागि आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
भट्टराईका अनुसार अबदेखि हरेक महिना एउटा अपाचे रेसिङ कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रमले रेसिङका साथै सुरक्षित सवारी सम्बन्धी सचेतना फैलाउन पनि सहयोग पु¥याउने विश्वास लिइएको छ ।
कार्यक्रममा ग्रान्डी इन्टरनेसनल हस्पिटल र माङ्गा क्रिएसन्स लगायतका सहयोगी संस्थाहरूलाई पनि उनीहरूको योगदानको लागि प्रशंसा पत्र प्रदान गरिएको थियो । जगदम्बा मोटर्सले यस्ता कार्यक्रममार्फत नेपालमा व्यावसायिक रेसिङ कल्चरको विकास गर्ने र नेपाली प्रतिभालाई विश्वस्तरमा पुर्याउने लक्ष्य राखेको छ।