फोटोन भ्यानमा अब शतप्रतिशतसम्म फाइनान्सिङ

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरेकाे भ्यु सीएस२एल भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर ल्याएकाे छ । एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई एक सय प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको हो । यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउनेछन् । यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ । फोटोन भ्यु सीएस२एल नेपालमा भर्खरै सार्वजनिक भएको १९–सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा यसमा दुई गुणा बढी आम्दानी हुन्छ । यस भ्यानमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डेर रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर छन् । फोटोन मोटर ग्रुप संसारकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिनहरु उत्पादन गर्छ । सन् १९९६ मा स्थापना भएको फोटन मोटर ग्रुपका उत्पादन एकसय १० मुलुकमा उपलब्ध छन् भने विश्वका २७ वटा स्थानमा एसेम्ब्ली प्लान्ट छन् ।  

अग्नि ग्रुपकाे सर्भिस सेन्टर बाराको जीतपुर सिमरामा

बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कसले सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्कसकाे अधिकृत सुसज्जित डिलर हो । सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनाल र बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका थिए । कार्यक्रमा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरु ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न बढी केन्द्रित रहँदै आएको बताए । यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने छ । सिमरा अटो जोन जीतपुर सीमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीले कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु रहेकाे बताएका छन् ।  

बिग, बोल्ड र आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुँदै

काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ । नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराईने कम्पनीले जनाएकाे छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार बिग, बोल्ड, आकर्षक र क्यारिसम्याटिक एसयुभी विशेष आकर्षक मूल्य र अन्य थुप्रै अफर हरुका साथ आउने छ । निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै मेक इन इण्डिया, मेक फर वल्ड एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको अवस्थामा नेपाल पहिलो अन्तराष्ट्रिय बजार भएकाे छ ।