गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम: सुबोरा इम्पेक्सले पायाे भिटारा ब्रेज्जा गाडी
काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्किम अन्तर्गत बालाजुस्थित सुबोरा इम्पेक्सलाई भिटारा ब्रेज्जा गाडी प्रदान गरेको छ । सुबोरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डेप्युटि जेनरल म्यानेजर दिवाकर घिमिरयही मंसीर १४ गते सुबोरा इम्पेक्स का प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए । नेपाल ल्युब आयलले निरन्तर रुपमा विभिन्न योजनाहरु गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले २०७६/७७ तथा २०७७/७८ को २ वर्षको आवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ । कम्पनीले टु ह्वीलर रिटेलर स्किम तथा जिइओ तथा डिइओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।
मोरंग अटोवर्क्सबाट लिएको अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सकिने
काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ । खल्तीको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
माघ १७ गते सुजुकी कारको ‘सुपर स्याटरडे’: चारपांग्रे खरिद गर्नेलाई विशेष छुट
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, आकर्षक एक्सचेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउनेछन् । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागुहुने कम्पनीले जनाएकाे छ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।