महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने

काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । आइतबार बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ«े बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

नाडा र वाडाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न, मिलेर अगाडी बढ्ने

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन(वाडा)बीच शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधिहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनुपर्ने र प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्ने कुरामा जोड दिए । यसैक्रममा नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै लैजाने लक्ष्य लिएको बताए । अहिलेको विधानमा सबै प्रदेशहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेको उनले बताए । सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त छैन । उनले भने–‘हामीले ट्राफिक प्रहरीसँग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छौँ ।’ त्यसैगरी सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतिले नाडा र वाडा एकजुट भएर अघि बढनु पर्ने धारणा राखे । सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउँदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको महसुस भईरहेको उनले बताए । उनले वाडाले आफ्नो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नुपर्छ भन्ने धारणा राख्दै बढ्दो प्रदुषणले पर्यटकहरु कसरी पोखरामा आउँछन् त भन्ने प्रश्न राख्दै आफुहरुले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने धारणा राखे । अटोमोवाइल  वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी छ, उनले भने– ‘यसो भएमा हामीले तथ्यगत रुपमा आफ्ना मागहरु सरकार समक्ष राख्न सक्नेछौँ ।’ सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिंदै त्यसको समाधानका लागी समेत आफ्नो सुझावहरु व्यक्त गरे । नाडाले शुक्रबार पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले २०७७ फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको महासचिव रिजालले बताए । सो बैठकले महासचिव रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानियासदस्य रहने गरी चार सदस्यीय वार्षिक साधारणसभा तयारी समिति समेत गठन गरेको छ ।

सिप्रदीकाे गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने

काठमाडौं ।  सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच साेमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएको हाे । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीबिचको पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने र सोही उद्यमीहरुलाई बैंकले व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने बैंकले जनाएकाे छ । यस्तै दोश्रोे सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्ग मार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने बैंकले जनाएकाे छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय बृद्धिमा सघाउ पुग्ने बताए ।