प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त

काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेकाे छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ र छिट्टै नै सोरुम शुभारम्भ हुने छ । प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ । नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो । मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् । नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कियाको सब-कम्प्याक्ट एसयुभी सोनेट नेपाली बजारमा, तीनवटा अप्सनमा पाइने

काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब-कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाल भित्र्याएको हो । कम्पनीले केहीअघि सोनेटको प्रि-बुकिङ खुला गरेकोमा सब-कम्प्याक्ट एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयुभी हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो । पछिल्लोपटक नेपाल भित्रिएको सोनेट भारतमा अत्यधिक रुचाइएको पेसेन्जर भेइकलमा पर्छ । गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९,२६६ युनिट बिक्री भएको थियो, जुन यस सेग्मेन्टका स्थापित सवारी साधनहरुको भन्दा बढी बिक्री हो । नवप्रवेशी सोनेट र सेल्टोसको लोकप्रियताकै कारण भारतीय बजारमा गत सेप्टेम्बरमा कियाका गाडीहरुको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४७ प्रतिशतले बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कम्पनीले यसपटक सोनेटका तीनवटा अप्सन एचटिई, एचटिकेप्लस एटी र एचटिएक्स नेपाली बजारमा पेस गरेको छ । त्यसैगरी, कम्पनीले ५७ लाख ९० हजार मूल्यको फुल अस्पन जिटिएक्सप्लस पनि नेपाली बजारमा प्रस्तुत गरेको छ । यसमा ६ वटा एयरब्याग र इएससी/भिएसडब्लू/एचएसी, हाइलाइन टिपिएमएस, बिओएसई प्रिमियम ७ स्पिकर सिस्टम, १०.२५ एचडी टचस्क्रिन, कुलिङसहितको वायरलेस फोन चार्जर, आवाज पहिचान गर्ने ‘हेल्लो किया’, पूर्ण लेदरको सिट तथा डोर प्यानल (कालो) र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट छन् । त्यसैगरी, भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्याप सहितको आर१६ क्रिस्टल अलो ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन–क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १०.६७ सेमी कलर इन्स्ट्रूमेन्ट क्लस्टर, अटो एन्टिग्लेर रियर भ्यू मिरर, स्मार्टवाच कनेक्टिभिटी र जिटीलाइन रेड प्याकेज जस्ता विशेषता यसमा छन् । समग्र उचाइ ५ फिट ४ इन्च रहेको सोनेटको समग्र लम्बाइ १३ फिट १ इन्च छ । त्यसैगरी, चौडाइ ५ फिट ८ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको कम्पनीले जनाएको छ । यसको ग्राउन्ड क्लियरेन्स ७ इन्च (२११ मिलिमिटर) र बुट स्पेस ३९२ लिटरको छ ।

मलेसियाको प्रतिष्ठित कम्पनीको गाडी नेपाल भित्रिँदै, नक्सालमा अन्तर्राष्ट्रिय स्तरको शोरुम सञ्चालन

काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोन(प्रोटोन मलेसिया)का गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । हाल फेस्टिभल सिजन भएको र यस पश्चात छिट्टै नै सोरुम शुभारम्भ हुने सम्भावना छ । प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ । नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो । मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् । नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।