बाइक राइडिङ्ग मन्त्रः जसले तपाईंलाई सम्भावित दुर्घटनाबाट जोगाउँछ

काठमाडाैं । बाइक चलाउँदा हामी सानो सानो कुरालाई प्रायः नजरअन्दाज गर्ने गर्दछौं जुन दुर्घटनाको ठूलो कारण पनि बन्न सक्दछ । दुर्घटना जहाँ पनि र जहिले पनि हुन सक्ने कुरा हो । त्यसै कारणले हामीले आफ्नो सुरक्षामा कुनैपनि किसिमको सम्झौता पटक्कै गर्नु हुँदैन । आज हामी केहि त्यस्ता उपायहरुको बारेमा चर्चा गर्न गइरहेका छौं जसलाई बाइक चलाएको समयमा ध्यानमा राख्नाले सम्भावित दुर्घटना बाट आफूलाई जोगाउन सकिन्छ । राम्रो हेल्मेटको प्रयोग हेल्मेट लगाउने भन्दा पनि क्वालिटीको हेल्मेट लगाउने भन्ने कुराले बढि महत्व राख्दछ । दुर्घटनाको बेला हाम्रो जीवन बचाउन हेल्मेटको ठूलो भूमिका रहेको हुन्छ । तसर्थ हेल्मेट किन्ने बेलामा त्यसमा राम्रो मेटेरियलको प्रयोग भएको छ कि छैन, मान्यताप्राप्त ब्राण्डको हो कि होइन र त्यसैगरी सो हेल्मेट लगाउँदा आफूलाई कम्फर्टेवल हुन्छ कि हुँदैन भन्ने कुराहरुलाई ध्यानमा राख्नु पर्दछ । द्रुत गतिमा नचलाउने ओभरस्पिडिङ्गले दुर्घटना निम्त्याउने हुनाले बाइकलाई कहिले पनि द्रुत गतिमा चलाउनु हुँदैन । सडकमा तोकिए अनुसारको स्पिडमा मात्र बाइक चलाउनु पर्दछ । त्यसैगरी चालकले आफूले कन्ट्रोल गर्न सक्ने गतिमा मात्र बाइक चलाउने बानी बसाउनु पर्दछ । दुवै ब्रेकको राम्रो प्रयोग एउटा राम्रो बाइकरले दुवै ब्रेकको सहि प्रयोगबाट मात्र बाइकलाई चाहेको समयमै रोक्ने गर्दछ । अगाडि वा पछाडि मध्येको कुनै एउटा मात्र ब्रेकको प्रयोग गर्दा बाइक चिप्लिने सम्भावना प्रवल हुन्छ । विज्ञहरुका अनुसार अगाडिको ब्रेकमा ७० प्रतिशत दबाव र पछाडि चाहिँ ३० प्रतिशत दबाब रहन गयो भने मात्र त्यसलाई राम्रो ब्रेकिङ्ग मानिन्छ । इण्डिकेटरको प्रयोग शिकारु चालकहरुले बाइकलाई कतै मोड्नु पर्दा प्रायःजसो अचानक नै दिशा बदल्छन् जसले कुनैपनि बेला दुर्घटना निम्त्याउन सक्छ । लेनमा आफ्नो दिशा बदल्नु परेको खण्डमा इण्डिकेटर बालेर अरुलाई आफू कुन दिशातर्फ मोडिँदैछु भन्ने कुराको अग्रिम जानकारी दिनु पर्दछ । अन्य सवारी सित उचित दुरी कायम गर्ने बाइक चलाएको बेला आफ्नो नजिकको स्थितिमा नजर राख्नुपर्दछ । आफ्नो अगाडि, पछाडि अथवा दायाँ बायाँ रहेका सवारीहरु सित उचित दुरी बनाइराख्नु पर्दछ । यसो गर्नाले सम्भावित दुर्घटना बाट बच्न प्रशस्त समय रहन्छ । ब्लाइण्ड टर्नमा सावधानी ब्लाइण्ड टर्न अर्थात् विपरित दिशाबाट कुन सवारी आइरहेको छ भनी देख्न मुश्किल हुने मोडमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । यस्ता मोडहरुमा कहिल्यै पनि द्रुत गतीमा बाइक चलाउने अथवा अर्को सवारीलाई ओभरटेक गर्ने गल्ती गर्नुहुँदैन । एबीएस जडित बाइकको प्रयोग एबीएस यानिकि एन्टी–लक ब्रेकिङ्ग सिस्टमले दुर्घटनालाई धेरै हदसम्म कम गर्दछ । एबीएस जडित बाइकमा अकस्मात ब्रेक लगाएको वेला चक्का लक हुन पाउँदैन र बाइक चिप्लिएर दुर्घटना हुने सम्भावना पनि कम हुन्छ । त्यसैले सम्भावित दुर्घटनाबाट जोगिनका लागि एबीएस जडान भएको बाइक किन्नु नै बुद्धिमानी ठहर्छ ।

मोटरहेडको ‘टेक्केन २५०’, यस्ता विशेषताहरुले बनायो युवामाझ चर्चित

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ । यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जर्न र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ । चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा हालसालै पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकुल्ड इञ्जिनले १९ बीएचपीको पावर र २० एनएमको टर्क प्रोड्यूस गर्छ । ६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ । ८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा हेभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्सँग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ । १७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ । कम्पनीले नेपाली बजारमा यो मोटरसाइकलको मुल्य तीन लाख ९२ हजार रुपैयाँ तोकेको छ ।

माेटरसाइकल बजारमा पकड जमाउँदै सिएफ मोटो, २ लाखदेखि १६ लाख मूल्यका ७ माेडल

काठमाडौं । चाइनिज मोटरसाइकल ‘सिएफ मोटो’ सन् २०१७ को अगष्ट महिनामा नेपाल भित्रिएको थियो । यो तीन वर्षको छोटो अवधिमै यस ब्राण्डका बाइकहरुले नेपाली बजारमा राम्रो पकड जमाउन सफल पनि भएका छन् । दशैं अफरस्वरुप जुनसुकै मोडेल किन्दा ८ हजार रुपैयाँ एकमुष्ट डिस्काउन्टका साथै एउटा हेल्मेट र एक वर्षका लागि रोड ट्याक्स फ्रि गरेको कम्पनीका ७ ओटै मोडेलहरुका विशेषता के छन् ? मुल्य कति पर्छ ? धेरैको चासोको विषय हुन सक्छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले हाल यस ब्राण्डका ७ ओटा मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार नेपाली बजारमा उक्त ब्राण्डका मिनि, नेकेड र टुरिङ्गमा गरी १२५ सीसीदेखि लिएर ६५० सीसीसम्मका बाइकहरु उपलब्ध भइरहेका छन् भने बाइकहरुले साेचेभन्दा राम्राे बजार समेत लिइरहेका छन् । एसटि पापिओ यो एउटा मिनि बाइक हो जसमा १२४.५ सीसीको सिङ्गल सिलिण्डर ४–स्ट्रोक ईएफआई इञ्जिन समावेस गरिएको छ । उक्त इञ्जिनले ९.३९ बीएचपीको पावर र ८.३ एनएमको टर्क उत्पादन गर्दछ । ६ गियर दिइएको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी ७७५ मिलिमिटर सिट हाइट रहेको यस बाइकको फ्युल ट्याङ्क क्यापासिटी ७ लिटरको रहेको छ भने कर्ब वेट चाहिँ ११४ केजीको रहेको छ । नेपाली बजारमा एसटि पापिओको मूल्य दुई लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । १५० एनके एनके फेमिलीकै सवैभन्दा सानो सदस्य १५० एनकेमा १४९.४ सीसी सिङ्गल सिलिण्डर, लिक्विड कुल्ड ईएफआई इञ्जिन समावेश गरिएको छ । यस इञ्जिनले १४.३५ बीएचपीको पावर र १२.२ एनएमको टर्क उत्पादन गर्दछ भने बाइकमा ६-स्पिड गियरबक्स समावेश गरिएको छ । त्यसैगरी १० लिटर ट्याङ्क क्यापासिटी रहेको यस बाइकको सिट हाइट ७७५ मिलिमिटर, कर्व वेट १३५ केजी र ग्राउण्ड क्लियरेन्स चाहिँ १५० मिलिमिटरको रहेको छ । कम्पनीले १५० एनकेको बजार मूल्य तीन लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ । २५० एनके एग्रेशिभ लुकिङ्ग यस बाइकमा टिएफटि डिस्प्ले, स्टिल ब्रेडेड ब्रेकलाइन्स, यूएसडी फर्क लगायतका प्रिमियम पार्टर्सहरुको प्रयोग गरिएको छ । यसमा २४९.२ सीसीको सिङ्गल सिलिण्डर ओयल कुल्ड ईएफआई इञ्जिन समावेस गरिएको छ जसले २६.१५ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । ६ स्पिड गियरबक्स दिइएको उक्त बाइकमा डुअल-च्यानल एबीएस र दुई अलग राइडिङ्ग मोड पनि समावेस गरिएको छ । कम्पनीले नेपालमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । याे माेडल बजारमा सबैभन्दा पपुलर रहेकाे सेल्सम्यान नितु पाैडेलले बताइन् । ४०० एनके यस बाइकमा ४००.४ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ । यो सिएफ मोटोको एक पावरफुल इञ्जिन हो जसले ४२.२४ बीएचपीको पावर र ३५.४ एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क र पछाडि चाहिँ सिङ्गल डिस्क जडान गरिएको छ । कन्टिनेन्टल एबीएस सिस्टम दिइएको यस बाइकको सिट हाइट ७९५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १५० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १७ लिटर र कर्ब वेट १९३ केजी रहेको छ । ४०० एनकेको नेपाली बजार मूल्य भने सात लाख ९० हजार रुपैयाँ रहेको छ । ४०० जिटि यो सिएफ मोटोको टुरिङ्ग बाइक हो जसमा एडजस्टेवल विङ्गशिल्ड, टिएफटि डिस्प्ले, स्पोटर्स र टुरिङ्ग गरी दुई ओटा राइडिङ्ग मोड लगायतका विशेषताहरु समावेश छन् । यस बाइकमा ४०० सीसी डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले ४२.२४ बीएचपीको पावर र ३६.५ एनएमको टर्क उत्पादन गर्दछ । नेपाली बजारमा ४०० जिटिको मूल्य नौ लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । ६५० एनके यस बाइकमा ६४९.३ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ जसले ५५.६५ बीएचपीको पावर र ६२ एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा कन्टिनेन्टल एबीएस सिस्टम दिइएको छ । ६५० एनकेको नेपाली बजार मूल्य भने १५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ६५० एमटि यो सिएफ मोटोको अर्को टुरिङ्ग बाइक हो जसमा ६४९.३ सीसीको पावरफुल इञ्जिन जडान गरिएको छ । यस डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिनले ६९.७३ बीएचपीको पावर र ६२.० एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स रहेको यस बाइकमा मेट्जिलर टायरहरु समावेश गरिएका छन् । त्यसैगरी यस बाइकको सिट हाइट ८४० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १८ लिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटरको रहेको छ । कम्पनीले ६५० एमटि लाई १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।