कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाउँदै महिन्द्रा, मूल्य सुची भने यस्तो छ
काठमाडौं । महिन्द्राले कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाएको छ भन्दा फरक नपर्ला । कार उत्पादकको रुपमा महिन्द्राले ६५ वर्षको अनुभव सँगाल्दै नेपाल र भारत लगायतका देशहरुको अटोमोवाइल क्षेत्रमा बलियो स्थान बनाउन सकेको छ । सन् २०१८ को ‘फोर्चुन इण्डिया ५००’ को सुचीमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड भारतको १७औं उत्कृष्ट कम्पनीको रुपमा पर्न सफल समेत भएको थियो । भरपर्दो उत्पादनहरु एकदमै उचित मूल्यमा उपलब्ध गराइरहेको कारणले पनि महिन्द्राले ग्राहकहरुको मन जित्न सफल भएको हो । महिन्द्रा कार्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि. रहेको छ । यस कम्पनीले नेपालमा सिङ्गल क्याब, डवल क्याब, जिप टाइप भेहिकल र कार टाइप भेहिकल गरेर ४४ अलग मोडेलहरुको विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार यी मोडेलहरु ११९७ सीसी देखि लिएर २५२३ सीसी सम्मका छन् भने यिनको मूल्य चाहिँ १८ लाख २५ हजार रुपैयाँ देखि लिएर ८६ लाख रुपैयाँसम्म तोकिएका छन् । हाल महिन्द्राले नेपालमा उपलब्ध गराइरहेको उत्पादनहरुको मूल्य सुची भने यस प्रकार रहेको छ:
जगदम्बा माेटर्सले ल्यायाे भाइबर स्टिकर, एकजना डाउनलाेडकर्ताले स्कुटर जित्ने
काठमाडाैं । जगदम्बा मोटर्सले भाइबरसँगको सहकार्यमा नयाँ चाँडपर्वको स्टिकर ल्याएकाे गरेको छ । नयाँ स्टिकर प्याकले प्रयोगकर्ताहरुलाई, यस कोरोना भाइरसका कारण उत्पत्ति भएको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईलाई शुभकामना पठाउन तथा उनीहरुसँग जोडी रहन मद्दत पुर्याउने कम्पनीले जनाएकाे छ । भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन् । दुवै पक्षको समझदारी अनुसार स्टिकर प्याक ३ महिनासम्म सितैमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ । भाग्यशाली टिभिएस् दशैंको आशा स्टिकर डाउनलोड गर्ने एकजनाले टिभिएसकाे तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरुप प्राप्त गर्नेछन् । यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिंक मार्फत भाइबरमा उपलब्ध भइसकेको कम्पनीले जनाएकाे छ ।
विद्युतीय सवारीसाधन सडकमा गुड्नका लागि उपयुक्त हो होइन ? अब भिएफटिसिले जाँच गर्ने
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढीरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले उपकरणको प्रयोग गरी सवारीसाधन सडकमा गुड्नका लागि उपयुक्त हो होइन भनी जाँच गर्ने भएको छ । अहिलेसम्म मानिसले नै यसको परीक्षण गर्दै आएको सेन्टरले जनाएको छ । मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको सेन्टरका प्रमुख मणीराम भुषालले बताए । उनका अनुसार भन्सारबाट आएका विद्युतीय सवारी साधन पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ । अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौं उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । विद्युतीय साधनको परीक्षणका लागि अहिले उपकरण किन्न प्रक्रिया अघि बढाइएको उनले बताए । उनले भने, “त्यो उपकरणमा सवारी साधन राखेपछि आवश्यक जाँच गरी विवरण कम्प्युटरमा नै उपलब्ध हुनेछ ।” सवारीसाधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरिद गर्न लागिएको प्रमुख भुषालले बताए । उपकरणले इञ्जिनको शक्ति र कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रने विद्युतीय वा पेट्रोलियम दुबैबाट चल्ने सवारीसाधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उनले भने, “हामीले विभागसँग सल्लाह गरेर खरिद प्रक्रिया अघि बढाएका छौं ।” सेन्टरले अन्तर प्रदेश चल्ने सवारीसाधनको जाँच पास, रुट अनुमतिपत्र वितरण, प्रदुषण जाँच र स्तर कायम गर्दै आएको छ । रासस