एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० सार्वजनिक, मूल्य कति ?
काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरी सार्वजनिक गरेकाे छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको हो । योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् । ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं । एउटै मोटरसाइकलमा २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन् । यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’, नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने । १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ । स्मार्ट कनेक्ट फिचरको प्रयोग चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो । साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ । यसका अलावा कम्पनीले यसमा ०-६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ । त्यसैगरि नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ । यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्दत गर्छ । यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ । मोवाइल माफर्त टर्न वाइ टर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ । कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ । यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ । यो बिशेषत ग्रुपमा राइड गर्दा महत्वपुर्ण हुन्छ । यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ । यस्तो छ मूल्य कम्पनीले यसअघि बिक्री गर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै, नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएकाे छ । त्यसैगरि नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ । देशभर आजैबाट बिक्री सुरु हुने जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल आजैबाट बिक्रीको लागि राखिएको छ । विभिन्न ५ भेरियन्टमा उपलब्ध यी मोटरसाइकल ग्राहकले देशको कुनैपनि क्षेत्रबाट खरिद गर्न सक्ने छन् । नयाँ शाेरूम सञ्चालनमा जगदम्बा मोटर्सले आफ्नो शोरुम बिस्तारको क्रममा काठमाडौंको सानो भर्याङ्गमा सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको छ । कम्पनीले जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हाे । उक्त शोरुमबाट मोटरसाइकलको बिक्री वितरण कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्राववले गरे । उक्त शोरुमको आधिकारीक उद्घाटन भने आगामी कार्तिक १ गते घटस्थापनाको दिन हुने छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमबाट बिक्रीपछिको सर्भिस सुविधा समेत ग्राहकले पाउने छन् ।
नख्खुको नेपालीले जिते यामाहा फसिनो १२५ एफआई बाइक
काठमाडौं । लिभोन नेपालको “सिल्की हेयर एण्ड स्मूथ राइड” योजना अन्तर्गत नख्खु निबासी सुबोध कुमार यादव नेपालीले यामाहा फसिनो १२५ एफआई बाइक जितेका छन् । मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् । जस अनुसार १ महिनाको लकडाउन पछिको “सिल्की हेयर एण्ड स्मूथ राइड” लक्की ड्र मा नेपालीले उक्त बाइक जितेका हुन् । उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १० जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ । यो उपभोक्ता योजना अर्को १ महिनासम्म जारी रहनेछ । एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्छ । लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन् ।
जिप कम्पास लाइनअपमा अर्को एसयुभी, सार्वजनिक भयो कम्पास डिजेल अटोमेटिक, मूल्य कति ?
काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । कम्पनीका अनुसार नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयुभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र होइन घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउँछ । त्यसैले, नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ । यो ‘९-स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयुभी हो । नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग रहेका छन् । साथै यसमा प्यासिभ इन्ट्रि, पुश–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु-टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप-एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ‘जिप कम्पसको रेन्जलाई अझ बलियो र व्यापक बनाउन हामीले डिजेल अटोमेटिक भेरियन्ट ल्याएका हौं । हामी हाम्रा ग्राहकलाई प्रडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं । नयाँ कम्पासमा अहिले ग्राहकले खोज्नुहुने सबै इलेक्ट्रिोनिक फिचरहरु लोडेड त छन् नै जिपले विगत आठ दशकदेखि उपलब्ध गराउँदै आउको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन,’ जिप कम्पासको रेन्ज विस्तारबारे एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने । एमएडब्लु लाइफले दसैं तिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि संचालन गरिरहेको छ । ‘एक्सचेन्ज विथ जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले अभुतपूर्व एक्सचेन्ज बोनस पाइने छ ।