रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको हाे । आइतबार देखि एक साता सम्म चल्ने सो टेस्ट राइड बिहान १० देखि बेलुकी ५ बजे सम्म गर्न कम्पनिले जनाएकाे छ । सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिनुकाे साथै टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ । हिमालयन साधारण र दमदार लुक भएको बाइक हो जसको ड्यासबोर्डमा मोडर्न टच रहेको छ । स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ । सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध छ । इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ । बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको छ । सो बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो । यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ । कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नो योर इन्फिल्ड’ विजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ ।  

‘टिभिएस दशैंको आशा’ को दोश्रो हप्ताको विजेता घोषित

काठमाडौं । टिभिएसले ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत दोश्रो हप्ताको विजेता घाेषणा गरेकाे छ । कम्पनीले गोलाप्रथाबाट हेमा लता थगुन्नालाई दोश्रो हप्ताको विजेता छनाेट गरेकाे हाे । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् । कम्पनीले पहिलो हप्ताको विजेता अमितजंग सिटौलालाई टिभिएसले आरआर ३१० हस्तान्त्रण गरेकाे हाे । विजेता बनेका अमितजंगले टीभीएस एनटर्क खरिद गरेका थिए । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा विजेता घोषण गरिने छ ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनुकाे साथै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । यस याेजनाकाे बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल जित्नेछन् । यसकाे लागि हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि यस लिंकमा गएर फारम भर्नुपर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

होण्डाको कार किन्नुस्, १० लाखसम्म जित्नुस्

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी उक्त स्किम ल्याएको हो । यस योजना अन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यस योजना अविधि भर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख कि.मि.को वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सक्नेछन् । यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सक्नेछन् । साथै, स्किम अवधिभर गाडि खरिद गर्ने ग्राहक मध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई १० लाख रुपैयाँ नगद उपहार दिइने कम्पनीले जनाएको छ ।