क्लासिक लेजेन्ड्सको आधिकारिक वितरकमा अग्नि मोटोइन्क नियुक्त, दुई मोडेल बिक्री गर्दै
काठमाडौं । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक-साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो । यसको सञ्चालन सन् २०२० को अक्टोबर महिनाबाट सुरुवात हुनेछ । भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको विशाल प्रतिक्रिया र सफलताको आधारसहित क्लासिक लेजेन्ड्स नेपाली बजारमा आफ्नो पदचिन्ह विस्तार गर्न तयार छ । कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडेल उपलब्ध गराउने छ । यो कदमसहित क्लासिक लिजेन्डस्ले नेपालमा जावा अनुशरणकर्ताहरूका लागि आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुने गरी प्रस्तुत गर्नेछ र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्दछ । “जब हामीले भारतमा नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र माग सहित सफलता हासिल ग¥यौं, त्यस बेला हामीलाई नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने थाह भयो । हामी नेपालमा आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ हाम्रा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दैछौं, हामी देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सा सहित एउटा अद्वितीय स्वाभित्व अनुभवका साथ हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछौं ।”, क्लासिक लेजेन्ड्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भने । “यसले हामीलाई क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउनमा ठूलो गर्व प्रदान गरेको छ । हामी हाम्रो देशका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौं । एउटा प्रमाणिक र आइकोनिक ब्रान्ड जावाप्रति निकै म निकै आशावादी छु, यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्दछ र नयाँ जावाको पौराणिक क्लासिक अझै टे«न्डी देखिएको छ र यसको सबल निर्माण विशेषताले गर्दा नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा म विश्वस्त छु ।”, कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने । जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइने छ । निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलको बुक गर्न र टेस्टराईड गर्न सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हुन्डाईकाे गाडी खरिद गर्दा सहुलियत कर्जा सुविधा
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.का तर्फबाट कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले न ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
दराजमा टिभिएसको मोटरसाइकल किन्ने पहिलो बीस जनालाई थप ५५०० छुट
काठमाडौं । जगदम्बा मोटर्स र दराज एपबीच व्यवसायीक सम्झौता भएको छ । यी दुई कम्पनी बीच भएको सम्झौताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने कम्पनिले जनाएकाे छ । दुवै कम्पनीले गरेको सम्झौताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५ हजार ५०० रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्ने छन् । यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्य एक जनाले टिभिएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन् । कम्पनीले संचालन गरेको ‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्कीम ग्राहकले दराजमा पनि पाउने छन् । साथै, कम्पनीले हरेक हप्ता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टिभिएस आरआर ३१० मोटरसाइकल जित्ने अवशर पनि प्राप्त गर्ने छन् । यस लक्की ड्रमा सहभागिता जनाउन भने टिभिएको मोटरसाइकल तथा स्कुटर किनेकै भने हुनुपर्ने छैन । मोटरसाइकल तथा स्कुटर खरिद नगर्ने मानिसले पनि यस लिंकमा गएर फारम भरेर सहभागि हुन सक्ने छन् ।