निसानको दशैं अफर: डाउन पेमेन्ट नगरेरै गाडीदेखि २० लाखसम्मको नगद छुट, यस्ता छन् अन्य अफर

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबर को रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन । यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडी को खरिदमा ५० हजार सम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ्ग, बोस्च हाई प्रेसर वासर, तिन वर्षको वारेन्टि, तिन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।

सुजुकीको ‘पर्वोत्सव’ योजना सुरुः साढे ३ लाख रुपैयाँ छुट, एक्स्चेञ्जमा बोनस पनि

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले असोज ११ गतेदेखि सुरु हुनेगरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम्  २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउनेछन् । साथसाथै कुनैपनी व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउनेछन् । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री वितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

अटोमा आशाको किरणः नाडा अटो सो नभएपछि शाेरूममै प्रदर्शन, दशैं स्कीमको प्रतिस्पर्धा बढ्यो

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले संकटमा परेको अटो बजार पछिल्लो समय सामान्य बन्दै गएको छ । सरकारले गरेकको ४ महिना लामो देशव्यापी लकडाउन र त्यसपछिको निषेधाज्ञाले ठप्प बनेको अटो बजार पछिल्लो समय भने सामान्य लयमा फर्किने प्रयास गरिरहेको हो । दशैं नजिकिँदै गर्दा अटो मोबाइल्स क्षेत्रको ब्यापारमा सुधार आएको छ भने व्यवसायीहरुले दशैं स्कीम पनि ल्याउन सुरु गरेका छन् । अहिले कम्पनीहरुले भर्च्युअल मार्फत नै गाडी लञ्च गर्नुका साथै दशैंको अवसरमा विभिन्न स्कीमहरु पनि सार्वजनिक गरिहरेका छन् । कोरोना भाइरसकै कारण नाडा अटो सो रोकिए पनि अहिले डिलरहरुले डिलरमै गाडी प्रदर्शन गर्न थालेका हुन् । अब दशैं आउन एक महिना मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यापारमा सुधार आउँदै गएका नाडा अटो मोबाइल्सका अध्यक्ष कृष्ण प्रसाद सुवेदीले कोरोनाले उत्पन्न लकडाउनको समयमा संकटमा परेको अटो मोबाइल्स क्षेत्रमा अहिले आशाको किरण देखिएको बताए । उनले अहिले लकडाउन र निषेधाज्ञा हटेपछि अटो बजारमा विस्तारै सुधार आउँदै गएको बताए । ‘अहिले भर्खरै बजार खुलेको छ, बजार खुलेपछि ब्यापारमा पनि सुधार आउँदै गएको छ, पहिले ६० प्रतिशत कम थियो, अब विस्तारै सुधार आउने आशा छ,’उनले भने । अहिले गाडीहरु पनि आयात भइरहेको उनले बताए । उनका अनुसार दशैं नजिकिँदै गर्दा गाडी खरिद बिक्री पनि बढेको छ । ‘यस वर्ष नाडा अटो सो नहुनेपछि धेरै व्यापार घट्ने नै भयो, अहिले व्यवसायीहरुले स्वरुममै गाडी प्रदर्शन गर्न थालेका छन्, दशैं स्कीमहरु पनि आइरहेका छन्,’ उनले भने । यस्ता विभिन्न व्यापार मेलाहरु नभएपछि देशको अर्थतन्त्रमा पनि ठूलो नोक्सान हुने उनको भनाई छ । ‘यस वर्ष राजश्व नै आधा मात्र उठेको छ, बजार नै बन्द छ, सामान नै आएको छैन, नाडामा पनि गत वर्षको तुलनामा ५० प्रतिशत कम व्यापार भएकोे छ,’ उनले भने । नेपालमा दशै‌ं र तिहार जस्ता चाडपर्वमा निजी सवारीसाधनको बिक्री उल्लेख्य मात्रामा हुने गरेको छ । अघिल्ला वर्षहरुमा यही समयमा हुने नाडा अटो सो यस वर्ष नभएपछि व्यवसायीहरु शोरुमै गाडी प्रदर्शनमा जुटेका छन् । गाडी बिक्रेता कम्पनीहरुले अहिले आकर्षक उपहार तथा छुटका योजनाहरु ल्याइरहेका छन् । गत आर्थिक वर्षको तुलनामा सवारीसाधन आयात भने आधा घटेको छ । गत आर्थिक वर्ष २०७७–०७८ को साउन र भदौमा १८ अर्ब ४४ करोडको सवारीसाधन तथा तिनका पाट्र्स आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ अर्ब ७४ करोडको मात्रै सवारीसाधन तथा तिनका पाट्र्स आयात भएको भन्सार विभागको तथ्यांक छ ।