निसानको दशैं अफर: डाउन पेमेन्ट नगरेरै गाडीदेखि २० लाखसम्मको नगद छुट, यस्ता छन् अन्य अफर

<p>काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० [&hellip;]</p>

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ ।

उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबर को रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडी को खरिदमा ५० हजार सम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ्ग, बोस्च हाई प्रेसर वासर, तिन वर्षको वारेन्टि, तिन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।

Share News