आइएमएस मोटर्सले ल्यायो ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर, ३ लाख रुपैयाँसम्म छुट पाइने

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टीभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख रुपैयाँ डिस्काउन्ट दिने बताएको छ । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निः शुल्क एक्सेसरीज, सात वर्ष सजिलो फाइनान्स सुविधा, तीन बर्ष वारेन्टी र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म)को अफर रहेको छ । यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र हुनेछ । स्याङयोङ्गको बारेमा स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनीहरुका अन्य मोडलहरु जस्तै एसयूभीएस, पीकअप ट्रक्स् र एमपीभीएस रहेका छन् ।

नेपालमा कियाकाे एसयुभी सोनेट सार्वजनिक, सुरुवाती मूल्य ३५ लाख ९० हजार

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको हाे । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी ३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको छ । यसको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ । सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ । यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल÷अरोरा ब्ल्याक पर्ल, बेस गोल्ड÷अरोरा ब्ल्याक पर्ल र इन्टेन्स रेड÷अरोरा ब्ल्याक पर्ल रंगमा छन् । सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जिटिएक्सप्लस (जिटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ । यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन् । भित्री भागको हकमा विशेष किसिमका जिटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ । सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायत विशेषता छन् । प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन् ।  

अब १० लाख डाउन पेमेन्टमै किन्न सकिन्छ डिएफएसकेकाे एसयूभी, ४ लाखसम्म नगद छुट

काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपालले दशैं र तिहारलाई लक्षित गर्दै विशेष याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत ग्राहकले प्रिमियम एसयूभीमा ४ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । डिएफएसकेको कुनैपनि मोडलको खरिदमा याे अफर लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीले हाल ग्लोरी ५६० र ग्लोरी ५८० एसयूभी नेपालमा बिक्री वितरण गर्दै आएकाे छ । तत्काल डाउन पेमेन्ट नहुने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले १० लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लान सक्ने अफर पनि दिएकाे छ । यसकाे अर्थ ग्राहकले १० लाख रुपैयाँ तिरेर गाडी घर लान सक्नेछन् । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था समेत गरेको छ । यी मध्ये कुनै पनि योजना छनोट गरेर ग्राहकले आफ्नो लागि नयाँ एसयूभी खरिद गर्न सक्नेछन् । साथै, गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्नेछन् । पुराना गाडी लिएर एक्सचेन्जमा आउने ग्राहकलाई पनि कम्पनीले १ लाख रुपैयाँ सम्मको बाेनस र २०७७/७८ को सडक दस्तुर कम्पनीले नै तिरिदिने छ । हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ । डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ ।