जिओ फोर्ड फेस्टिभ अफर: ४ लाखसम्म जित्ने माैका, पहिलो ६ महिनाको ब्याज नपर्ने

काठमाडौं । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्सले दशैंँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यो वर्ष फोर्ड फेस्टिभ अफरमा कम्पनिले ३ वटा अफरहरु ल्याएको छ जसअन्र्तगत ग्राहकहरुले एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् । कम्पनिको ३ योजना यस्ता रहेका छन्- १. स्क्र्याच कार्ड– ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनौट गरी रु. ४,५०,००० सम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्म हुनेछ । यो अफर अन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्नेछन् । २. ६ महिने ईएमआई होलिडे– यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा मिल्नेछ । यो योजना माछापुछ्रे बैंक मार्फत उपलब्ध हुनेछ र कम्पनिले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्नेछन् । ३. स्थगित भुक्तानी– यस–योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ र यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाइने छ र ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्न नपर्ने कम्पनिले जनाएकाे छ ।

हिरो मोटर साइकलको नयाँ योजना, बाइक तथा स्कुटर खरिदमा आकर्षक छुट पाइने

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “दशैंंको पर्व हिरोत्सवको हर्ष” भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७७ को उपलक्ष्यमा उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।

सुजुकी दशै तिहार अफरः जुनसुकै मोटरसाईकल तथा स्कुटर किन्दा १२ हजार छुट पाइने, अरू के के ?

काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले ‘सुजुकी दशै तिहार अफर’ प्रारम्भ गरेको छ । ‘चाडपर्व सबैको हौसला हाम्रो’ भन्ने नाराका साथ कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन् ।