विद्युतीय गाडीमा बढाइएको कर पुर्नविचार गरिने
काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा बढाइएको करमा पुर्नविचार गरिने बताएका छन् । सोमबार विद्युत प्राधिकरणको ३५औं वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । ‘विद्युतीय उर्जाको उत्पादन बढिरहेको छ, बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न मिल्दैन, बढाइएकाे करकाे बारेमा पुर्नविचार गरिन्छ,’ उनले भने । उनले विद्युतीय गाडीमा भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको समेत बताए । यसअघि चालु आवकाे बजेट मार्फत अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतिय गाडीमा कर बढाइने बताएका थिए । यस्तै, उनले कार्यक्रममा प्राधिकरणले अझै शसक्त भएर अगाडि बढ्नु पर्ने बताएका छन् । प्राधिकरणले हालसम्म गर्व गर्न लायक सफलता हासिल गरेका बताउँदै उनले अझै थप चुनौती तुनाैतीहरु पनि थपिएकाे उनले बताए । देशमा विद्युतीकरण गर्न बाँकी १० प्रतिशत घरपरिपरिवार माझ विद्युत सेवा पुर्याउन पनि अब चुनाैती रहेकाे उनकाे भनाई छ । यो सबै पोलिटिकल भिजनले सम्भव भएको बताउँदै उनले सम्वृद्ध नेपाल सुखी नेपालको नारा साकार गर्न विद्युतलाई पनि प्राथमिकता दिनु पर्ने बताए । ‘सबैकाे मेहेनतले आजको अवस्था बन्यो, मैले पनि उदारताका साथ नेर्तत्व गरेको छु, पछि ३५ अर्ब घाटामा गएको प्राधिकरण अहिले अहिले ५ अर्ब सञ्चित नाफामा गर्न सफल भएको छ,’ उनले भने ।
टिभिएसले आज फेसबुक लाईभ मार्फत नयाँ मोटरसाइकल सार्वजनिक गर्दै
काठमाडाैं । अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट र एबिएस् सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सोमबार सार्वजनिक गर्ने भएको छ। मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारिको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्न लागेको हो । सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनिले जनाएकाे छ । उक्त लाईभ स्मार्ट लन्च कार्यक्रमकाे उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्नेछन् भने कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति दिनेछन्।
नयाँ स्कोडा र्यापिड टीएसआई नेपालमा सार्वजनिक, मूल्य ३४ लाख ९० हजार रुपैयाँ
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु-फर-मनी’सहितको नयाँ र्यापिड टीएसआई सार्वजनिक गरेको छ । नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम अर्थात ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो । नयाँ स्कोडा र्यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट-इन-क्लास’ हुन् । नयाँ र्यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको र्यापिड १.६ एमपीआई को तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ । त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ । नयाँ र्यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ । स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिन्छ जसकारण नयाँ स्कोडा र्यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट-इन-क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ र्यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ । स्कोडाले पेसेन्जरको सुरक्षामा कुनै सम्झौता गर्दैन । त्यसैले, नयाँ र्यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी-ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट-अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् । ‘नयाँ स्कोडा र्यापिडबाट हामीले धेरै अपेक्षा गरेका छौं किनभने यो अद्वितीय ‘पर्फमेन्स’ र असाधारण ‘भ्यालु फर मनी’को गज्जबको प्याकेज हो,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘लकडाउन सकिएको अवस्थामा नयाँ र्यापिडलाई हेर्न र अनुभव गर्न हाम्रो सोरुममा आउने ग्राहकको संख्या एकदम बढिरहेको छ । हामीलाई विश्वास छ, नयाँ र्यापिडको टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन पक्कै जित्नेछ ।’ ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरशिप कस्ट’ कम गर्न एमएडब्लुले नयाँ स्कोडा र्यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ । ग्राहकले नयाँ र्यापिड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नु पर्दैन । यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ ।