अब एक क्लिकमै गाडीको बुकिङ्ग गर्न सकिने, लक्ष्मी हुण्डाईले ल्यायो नयाँ सेवा

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाई) ले ‘क्लिक टु बुक’ सेवा शुरु गरेको छ । इण्डाईले हाल कोभिड-१९ को परिस्थितीलाई सहज बनाउनको लागि ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने लक्ष्यले उक्त सेवा ल्याएको हो । लक्ष्मी हुण्डाईले आफ्नो आधिकारीक वेबसाईटबाट ‘क्लिक टु बुक’ सेवाको सुरुवात गरेको छ । ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् । ग्राहकहरुले आफुलाई चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट-अप गरिनेछ । त्यस पछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जस्को व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टल मार्फत गर्न सक्नेछ । ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडीको बुकिङका लागि अनलाइनबाट कोटेशन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् अथवा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत अनलाइन भुक्तानी गरी सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अन्तर्गत अधिकारीले जिते हुन्डाई स्ट्यान्ट्रो

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । त्यसैगरी ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई स्ट्यान्ट्रो जितेका छन् । साथै, ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् । ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताको घोषणा लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । उक्त अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि बिमला खनालद्धारा लक्की ड्र गरिएको थियो । भाग्यशाली बिजेताहरुको नाम र कुपन नं यस प्रकार छन्ः १) भरत सिंह पौडेल (कुपन नंः ३९७) २) चन्द्र मणि पौडेल (कुपन नंः २७५) ३) श्रीजेश घिमिरे (कुपन नंः ९९६) ४) महेश्वर लाल सिंह (कुपन नंः ९९९) ५) कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नंः ९४४) ६) राजु शाह (कुपन नंः ७६) ७) दल बहादुर बि.क. (कुपन नंः ७४४) ८) विजय अग्रवाल/गणेश हार्डवेयर (कुपन नंः ७१६) ९) एनआईसी एशिया बैंक लि./निर्भिक सापकोटा (कुपन नं: ११५८) १०) खातु ईन्टरनेशनल प्रा. लि. (कुपन नं: ३५) यस लक्ष्मी इन्टरकन्टिनेन्टलले याे योजना २ भदौदेखि १७ कात्तिक २०७६ सम्म लागु गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यू जित्ने मौका थियो ।

लकडाउन खुकुलो भएसँगै ६ गुणासम्मले बढ्यो बाइक र स्कुटरको व्यापार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्नको लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन खुकुलो हुँदै जादा बाइक र स्कुटरको विक्री बढेको छ । सरकारले लकडाउन खुकुलो बनाउँदै गए पनि सार्वजनिक सवारी साधन अझै खुल्ला नगरेको र सार्वजनिक सवारी साधान खुल्ला भएपनि भीडभाडका कारण संक्रमण फैलिन सक्ने जोखिम बढी हुने भन्दै सर्वसाधारणले दुई पांग्रे सवारी साधनको खरिदलाई उच्च प्राथमिकतामा राखेका पाइएको छ । कोरोना महामारीको बीचमा दुइपांग्रे सवारी साधनको जुन स्तरको व्यापार भएको छ, त्यो उत्साहजनक नै रहेको यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका मार्केटिङ हेड विक्रम पौडेलले बताए । सार्वजनिक सवारी साधान नखुलेको अवस्थामा आफ्नो पेशा व्यवसाय बचाइराख्न दुई पांग्रे सवारी साधन सस्तो र सहज हुने भएकोले यसको विक्री बढेको उनको भनाइ छ । सामान्य अवस्थाको तुलनामा लकडाउन खुकुलो भएसँगै मोटरसाइकल र स्कुटरको विक्री बढेको व्यापारीले बताएका छन् । सामान्य अवस्थामा दैनिक १५ देखि २० वटासम्म मोटरसाइकल तथा स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ३५ देखि ४० वटासम्म विक्री भएको व्यापारीको भनाइ छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपाली विक्रेता जगदम्बा मोटर्सले दिएको जानकारी अनुसार खरिदमा वृद्धि आएको छ । सामान्य अवस्थामा दैनिक ३० वटाजति मोटरसाइकल र स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ४० वटासम्म विक्री हुने गरेको कम्पनीका सेल्स हेड दिपक रौनियारले बताए । एन्टक सेरीजको रेएडीसन, एन्टक डिक्स र एन्टक ड्रम स्कुटरको माग प्रतिदिन ४० वटासम्म रहेको कम्पनीले जानकारी दिएको छ । टिभीएको बाईक मध्ये लकडाउनको समयमा सबैभन्दा धेरै अपाचे मोटरसाइकलको विक्री अधिक रहेको कम्पनीको भनाइ छ । सामान्य अवस्था दैनिक ४ देखि ५ वटा अपाचे मोटरसाइकल विक्री हुने गरेकोमा अहिले दैनिक २० देखि ३० वटासम्म विक्री भइरहेको कम्पनीको भनाइ छ । यस्तै, होन्डा ब्राण्डका मोटरसाइकल र स्कुटको विक्री पनि बढेको छ । होण्डाको डीयो स्कुटर नै कलडाउनको समयमा धेरै विक्री भएको सो ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता स्याकार कम्पनीले जनकारी दिएको छ । डीयो स्कुटरको विक्री ५० प्रतिशतले बढेको कम्पनीको भनाइ छ । अर्काे ब्राण्ड हिरोको बाइक तथा स्कुटरको पनि बिक्रीमा वृद्धि आएको छ । हिरोको एसपल्स २०० सीसी र एस पल्स २०० टी बाइको विक्री बढेको छ । अहिले दैनिक १५ वटासम्म बाइक र स्कुटर विक्री भइरहेको विक्रेताले जानकारी दिएको छ । हिरोको स्कुटरमध्ये प्लेजर प्लस ११० सीसी र डिस्टीनी १२५ सीसीको स्कुटरको माग बढी रहेको कम्पनीको भनाइ छ । सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले विक्री गर्दै आएको बाइकहरुमध्ये जिक्सस् बाइक सबैभन्दा धेरै विक्री भैरहेको छ । सो बाइक दैनिक १५ वटासम्म विक्री हुने गरेको कम्पनीको भनाइ छ । सुजुकीको स्कुटरमा सबैभन्दा धेरै वर्गम्यान स्कुटर विक्री भएको छ । कम्पनीका अनुसार दैनिक १६ वटा स्कुटर विक्री भएको छ । अन्य ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पनि विक्री बढेको व्यापारीले बताएका छन् । आक्रामक बजार योजना सरकारले जारी गरेको लकडाउन जेठ २५ देखि खुकुलो बन्दै गएपछि दुई पांग्रे सवारी साधनको आधिकारिक नेपाली विक्रेताले आकर्षक योजना ल्याएका छन् । यस्ता योजनामा एक रुपैयाँ पनि डाउनपेमेन्ट नगरी बाइक किन्न पाइने स्कीमसम्म छन् । सरकारले साढे २ महिनाभन्दा लामो समयदेखि बजार बन्द गराएको कारण केही सहज भएसँगै सवारी साधन विक्रेता आक्रामक ढंगले बजार विस्तारमा लागेका हुन् । सरकारले जारी गरेको लकडाउनको समयमा उद्योग व्यवसायको लागि कर्जाको माग हुन छोडेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि उपभोग कर्जामा बढी केन्द्रीत भएका छन् । टीभीएसका बाइकको मासिक किस्ता ९९ रुपैयाँ टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम ल्याएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ योजना ल्याएको हो । कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको छ । डाउन पेमन्ट नगरी किन्न पाइने र कर्जाको व्याज तिर्नु नपर्ने जस्ता अन्य योजना पनि कम्पनीले सार्वजनिक गरेको छ । डाउन पेमेन्ट नगरी मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर अहिलेको अफ्ठ्यारो समयमा मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने मानिसले मात्र सहभागिता पाउने कम्पनीको योजना छ । यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नु पर्ने हुन्छ । सुरुको ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । शुन्य प्रतिशत व्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने हुन्छ । यामाहाका बाइक किन्दा डाउन पेमेन्ट नचाहिने, व्याज तिर्दिन भन्न पनि पाइने यामाहा कम्पनीका मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत व्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना छन् । लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् । यी तीन प्रकारकै योजना यामाहाका सबै प्रकारका मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जानकारी दिएको छ । होन्डाका बाइक किन्दा १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याज होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको छ । यो योजना होन्डाका अधिकांश मोटरसाइकल खरिदमा लागू हुने कम्पनीले जानकारी दिएको छ । तर, यो योजना अनुसार बाइक वा स्कुटर किन्दा निश्चित समयपछि भने तोकिए अनुसारको व्याज र किस्ता तिर्नुपर्छ । सुजुकीको मोटरसाइकलमा १५ हजार नगद छुट सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले नगद छुटको अफर ल्याएको छ । सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । ‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो । सुजुकीको यो योजना असार १ गतेदेखि लागू भएर असार ३१ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । ग्राहकले जुनसुकै अवस्थामा मोटरसाइकल खरिद गर्दा पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । बेनेली मोटरसाइकलमा ३५ हजारसम्म छुट, परिवारकै कोरोना बीमा सित्तैमा बेनेली नेपालको आधिकारिक शोरुम युनिटी ट्रेडिङले लकडाउन अफर सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को असरलाई लक्षित गर्दै स्कीम सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो मोडल अनुसार छुट्टा छुट्टै अफर ल्याएको छ । योजनामा कम्पनीले बेनेलीको सेफ्टी गियर, नगद छुट तथा ग्राहकको परिवारको कोरोना बीमा समेत गर्ने योजना ल्याएको छ । बेनेली लियन्सीनो २५० खरिद गर्दा ग्राहकले बेनेलीको ज्याकेट, १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता सुविधा पाउने छन् । लियन्सीनो २५० मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा कम्पनीले एक्सचेन्ज तथा फाइनान्स सुबिधा समेत उपलब्ध गराउने जनाएको छ । यस्तै टीएनटी १५ र टीएनटी १५ आई खरिद गर्ने ग्राहकले दुबै मोडलमा नगद ८ हजार रुपैयाँ छुट पाउने छन् । यसमा १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर रहेका छन् । यो मोटरसाइकल किन्ने ग्राहकको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा समेत एक्सचेन्ज तथा शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुबिधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । मिनी मोटरसाइकल टीएनटी १३५ मा ग्राहकले नगद ३५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । एक वर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर यसमा पनि पाउन सकिन्छ । यो मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गर्ने छ भने ९ वटा फ्रि सर्भिस कुपन तथा एक्सचेन सुबिधा दिने जनाएको छ । केटीएम बाइकमा ४० हजार छुट अस्ट्रियन मोटरसाइकल कम्पनी केटीएमको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी नयाँ स्कीम ल्याएको छ । कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको योजना सार्वजनिक गरेको हो । यस योजनमा केटीएमको ड्यूक २५० मोटरसाइकल खरिदगर्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ । बिएमडब्ल्यूका मोटरसाइकलमा ६५ हजार छुट बिएमडब्ल्यू मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ६५ हजार बराबरको छुट अफर सार्वजनिक गरेको छ । बिएमडब्ल्यू मोटरसाइकल किन्नको लागि सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । मोटरसाइकल किन्दा बिएमडब्ल्यूको एड्भान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोबस् र विभिन्न एसोसरिजहरु अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ । अर्काे योजनामा हेल्मेट, बीमा र ३ वर्षसम्मको बीमा सुविधा कम्पनीले उपलब्ध गराउने छ । यो अफर पनि ६५ हजार रुपैयाँ बराबरकै हुने कम्पनीको भनाइ छ । भेष्पा र अप्रिलियाका स्कूटरमा नगद छुट भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि अधिकारिक बिक्रेता दुगर्ड ब्रोदर एन्ड सन्स पनि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले भेष्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता मर्चेन्टडाइज उपलब्ध गराउने जनाएको छ । यसको अलावा कम्पनीले नै दुई वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको छ । पल्सर बाइक किन्न आधा ऋण पाइने, व्याज तिर्नु नपर्ने पल्सर मोटरसाइकल नेपालमै एसेम्बल गरी विक्री गर्दै आएको बजाजले पनि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा पल्सर १५० मोटरसाइकल शून्य प्रतिशत व्याजदरदेखि नगद छुटसम्ममा खरिद गर्न सकिने छ । रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद पाइने अर्काे स्कीम पनि छ । सम्बन्धित सामग्री सवारी साधन किन्न खोज्नेलाई सुवर्ण अवसरः मासिक ८ हजार ८ सय किस्तामै नयाँ कार, बाइक पुरै उधारोमा