झापाका गौतमले नि:शुल्क जिते टिभीएस अपाचे आरआर ३१०
काठमाडौं । टिभिएसको ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत झापाका गणेश प्रसाद गौतमले नि:शुल्क टिभीएस अपाचे आरआर ३१० जितेका छन् । कम्पनीले तेश्रो हप्ताको विजेता छनाेट गर्दा गौतमले गोलाप्रथाबाट टिभिएस अपाचे आरआर ३१० जितेका हुन् । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा विजेता घोषण गरिने छ । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खरिदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनुकाे साथै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । यस याेजनाकाे बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल जित्नेछन् । यसकाे लागि हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि यस लिंकमा गएर फारम भर्नुपर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।
पछि व्याज नबढ्ने गरी गाडी किन्न ऋण लिँदा कुन बैंकले कति लिन्छन् व्याज ?
काठमाडौं । आफूलाई मासिक खर्च गर्न चाहिनेभन्दा अलि बढी नियमित कमाई हुनेहरुका लागि गाडी किन्न अहिले त्यति गाह्रो छैन । किनभने गाडी किन्नको लागि चाहिने सबै पैसा आफूले जुटाउनु पर्दैन । जति मूल्यको गाडी किन्ने हो त्यसको आधा रकम आफूसँग भए पुग्छ । गाडीको मूल्यको ५० प्रतिशत ऋण बैंक तथा वित्तीय संस्थाले नै दिन्छन् । तर, निजी गाडी किन्न चाहनेहरुको लागि अर्काे समस्याको विषय भनेको बैंकको व्याज हो । एउटा दरको व्याजले मासिक किस्ता यति हुन्छ भनेर गाडी किन्यो, केही समयपछि नै बैंकले व्याज बढाएर किस्ता तिर्न समस्या भयो भन्ने गुनासो गर्नेहरु पनि भेटिन्छन् । सर्वसाधारणको यस्तो गुनासोको नेपाल राष्ट्र बैंकले सम्बोधन गरेर समाधानको उपाय कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले दिएको समाधानको उपाय भनेको व्यक्तिगत आवधिक कर्जामा स्थीर व्याजदर लागू गर्नु भन्ने हो । राष्ट्र बैंकको यस्तो निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवधिक कर्जाको स्थीर व्याजदर किटान गर्नुपर्ने हुन्छ । यसरी तोकिएको व्याजदर परिवर्तन गर्न पाइदैन । अर्थात अहिले कुनै बैंकले कुनै ग्राहकलाई १२ प्रतिशत व्याजमा यो प्रयोजनको लागि यति वर्षको लागि ऋण दिन्छु भन्यो भने त्यो अवधिसम्म व्याजदर बढाउन पाइदैन । र, बढाउन नपाइने मात्रै होइन, बैंकले त्यो अवधिसम्म व्याजदर घटाउदैनन् पनि । यस्ते स्थीर व्याजदर भोलि (कात्तिक १ गते) देखि लागू हुदैछ । भोलिदेखि लागू हुने स्थीर व्याजदर केही बैंकहरुले सार्वजनिक गरेका छन् । यसरी सार्वजनिक भएको स्थीर व्याजदरमध्ये यहाँ सवारी साधन खरिद गर्नको लागि लिइने कर्जाको स्थीर व्याजदर कुन बैंकले कति बनाए भन्ने जानकारी दिन खोजिएको छ । सेञ्चुरी बैंकले निजी सवारी साधन किन्नको लागि ७ वर्षसम्मको ऋण दिन्छ । यस्तो ऋणको स्थीर व्याजदर १२.२४ प्रतिशत निर्धारण गरेको छ । सरकार लगानी पनि रहेको अर्काे वाणिज्य बैंक कृषि विकास बैंकले निजी गाडी किन्नको लागि १०.५ प्रतिशत स्थीर व्याजदरमा ऋण दिने जानकारी दिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ५ बर्षसम्मको सवारी कर्जाको व्याजदर १०.७५ प्रतिशत तोकेको छ । यस्तै, ७ वर्षसम्को लागि सवारी कर्जा लिने हो भने सो बैंकमा ११.७५ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ । एनएमबी बैंकले ३ वर्षभन्दा बढी अवधिको सवारी कर्जा लिनेहरुका लागि १० प्रतिशत जति स्थीर व्याजमा कर्जा दिने भनेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षसम्मको लागि सवारी कर्जा दिन्छ । यस्तो कर्जाको व्याजदर ९ प्रतिशत तोकिएको छ । माछापुच्छ्रे बैंकले सवारी साधन किन्नको लागि १० वर्षसम्मको कर्जा दिन्छ । यस्तो कर्जाको स्थीर व्याजदर १०.९९ प्रतिशत छ । सो बैंकबाट ५ वर्षसम्मको लागि सवारी कर्जा लिने हो भने ९.९९ प्रतिशत स्थीर व्याजदरमा कर्जा पाइन्छ । अर्काे वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले ७ वर्षसम्मको लागि सवारी कर्जा दिन्छ । यस्तो कर्जाको स्थीर व्याजदर १०.७५ प्रतिशत छ । सरकारी लगानी पनि रहेको अर्काे वाणिज्य बैंक नेपाल बैंकले निजी सवारी साधन खरिद गर्नेहरुका लागि १०.८५ प्रतिशत स्थीर व्याजदर तय गरिएको जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकले ५ वर्षभन्दा बढी अवधिको सवारी कर्जाको स्थीर व्याजदर ११.९९ प्रतिशत कायम गरेको छ । सनराइज बैंकले गाडी किन्नको लागि ८ वर्षसम्मको कर्जा दिन्छ । यस्तो कर्जाको स्थीर व्याजदर ११.५ प्रतिशत तोकिएको छ । यस्तै, बैंक अफ काठमाण्डूले सवारी कर्जाको स्थीर व्याजदर ११ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंकले ५ वर्षभन्दा बढी अवधिको लागि सवारी कर्जा लिनेले १०.९९ प्रतिशत स्थीर व्याजदर तिर्नुपर्ने जानकारी गराएको छ । नेपाल बंगलादेश बैंकले ५ वर्षभन्दा बढी अवधिको लागि सवारी कर्जाको स्थीर व्याजदर १०.९९ प्रतिशत तोकेको छ । सम्बन्धित सामग्री बैंकहरुले सार्वजनिक गरे स्थीर व्याजदर, १० वर्षभन्दा बढीको घर कर्जा लिँदा कुन बैंकले कति लिन्छन् व्याज ?
एमएडब्लु अर्थमुभर्सले सार्वजनिक गर्यो ‘नेक्स्ट लेभल फिचर’ भएकाे नयाँ एक्साभेटर
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कम्पनीले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्च्युअल प्रविधिमार्फत एक्साभेटर सार्वजनिक गरेको हो । नयाँ एक्साभेटर नेपालको कठोर भू-बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरु पनि राखिएको छ । नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१.५ टनको शक्तिशाली एक्साभेटर हो जसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ । साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पुर्याउँछ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ । नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ । यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्ला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता फिचर छन् । ३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ । फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ । साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिट जस्ता सूचना दिन्छ । यो मेसिन विशेषगरी नेपाली एक्साभेटर बजारलाई टार्गेट गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युल इफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पुर्याउने कम्पनीकाे अपेक्षा रहेकाे छ ।