भारतमा निर्मित निम जि-ईलेक्ट्रिक अटो नेपाली बजारमा, मूल्य ८ लाख ४९ हजार रूपैयाँ
काठमाडाैं । नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ। नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा कम्पनीले उक्त अटो नेपाली बजारमा ल्याएको हाे । नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् । यसै क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित निम जि, ईलेक्ट्रिक अटोको नेपाल अधिराज्यभर आजदेखि विक्री वितरणको शुभारम्भ गरेको छ । यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको याे अटाेलाइ ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापाले बताए । कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको बताए । कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरब थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि.प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए । कम्पनीका अनुसार निम जि, ईलेक्ट्रिक अटोकाे शुभारम्भ मूल्य ८ लाख ४९ हजार रूपैयाँ रहेकाे छ ।
फोर्ड इकोस्पोर्ट २०२१ को बुकिङ्ग खुल्ला, सुरक्षाको लागि ६ वटासम्म एयरव्याग
काठमाडौं । जीओ अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो । यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन: परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ । सन् २०२१ संस्करण ईकोस्पोर्ट भरत स्टेज भीआई(बीएस भीआई) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन-अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई भीसीटी पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टरक्यिु प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । २०२१ ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । जस्तैः चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरव्याग रहेको छ । यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त एसवाईएनसी ३ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप-इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ । ९ ईन्च टचस्क्रीन-आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डि.आर.एल रेन सेन्सिङ्गवाइपर आदि पाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदै जगदम्बा मोटर्स
काठमाडौं । जगदम्बा मोटर्स प्राइभेटले उच्चस्तरीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउने भएको छ । शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले उक्त गाडि नेपाल भित्र्याउन लागेको हो । प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल ‘प्रोटाेन सागा’ नेपालका सडकहरुमा ल्याउन लागेको हो । २०२०मा प्रोटोनले प्रोटोन एक्स५० मोडलको अर्को एसयूभी हालसालै मात्र बजारमा ल्याएको छ । यसबाहेक प्रोटोनका सागा, परसोना, परडोना, एक्सओरा र इरिज गरेर अन्य ५ प्रकारहरु अहिले पनि विश्व बजारमा अत्याधिक रुचाइएका छन् । प्रोटोनको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको छ । सम्बन्धित समाचारः प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त