महिन्द्रा उत्सवकाे तीन विजेताका नाम घोषणा

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडद्धारा संचालित ‘महिन्द्रा उत्सव’ को ३ भाग्यशाली विजेता घोषणा भएका छन् । नेपाल राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले लक्की ड्र मार्फत विजेता छानेका हुन् । विजेता हुनेमा धनकुटाका योगराज राई, नेपालगंजका निरन्जन चौधरी र राम बहादुरी कामी रहेका छन् । उनीहरुले महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) पाउने छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरेकाे थियो । कम्पनीले यस योजना अनुसार कम्पनीले ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू पनि उपलब्ध गराएको थियाे । यस योजना अन्तर्गत कम्पनीले जीवन बीमा (५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका उपहार राखेको थियो ।

जगदम्बा मोटर्सले भर्चुअल माध्यमबाटै ‘प्रोटोन साँगा’ सार्वजनिक गर्ने, कसरी सहभागी हुने ?

काठमाडौं । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ सार्वजनिक गरेको छ । मोटर्सले २९ गते अर्थात जनावरी १३ का दिन भर्चुअल माध्यमबाट उक्त गाडि सार्वजनिक गर्न लागेको हो । भर्चुअल लञ्च कार्यक्रम सोही मितिको साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेज मा गइ त्यहाँ दिइएको द न्यू प्रोटोन साँगा भर्च्युअल लञ्च इभेन्टमा क्लिक गरी गोइङ्ग अथवा इन्ट्रेस्टेड मा क्लिक गर्नुपर्ने हुन्छ । प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ । जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री-वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् । प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादामात्रामा रुचाइएको सेडान रहेको छ। यसका एक्स्टिरियरदेखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन् । यसमा समाहित १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको छ जसको पावर क्षमता अरु संग अतुलनीय छ । यसैगरी, मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा ड्राइभरलाई मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिजकतै यात्रा गर्दाओर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउँनका लागि काफी छ भने इन्टेरियर एन् ९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी, अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ । सम्बन्धित समाचार अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदै जगदम्बा मोटर्स प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त  

एसयुभीले सार्वजनिक गर्याे नयाँ स्कोडा कारोक, यस्ता छन् मूल्य र विशेषता (तस्विरसहित)

काठमाडौं । स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्रान्डमध्ये पर्ने स्कोडा अटोको पूर्णतः नयाँ कम्प्याक्ट एसयुभी हो । स्कोडा विरासतलाई आत्मसात् गर्दै नयाँ स्कोडा कारोकमा आधुनिक डिजाइन, उदार आकार, ‘क्लास लिडिङ’सेफ्टी र ‘इन्टेलिजेन्ट कनेक्टिभिजी’ फिचर राखिएका छन् जसले ‘प्रिमियिम ड्राइभिङ’ अनुभव र बेजोड ‘क्याबिन कम्फोर्ट’लाई प्रत्याभुत गर्छ । स्कोडाको पछिल्लो एसयुभी नेपालमा दुई भेरियन्ट, एम्बिसन र एम्बिसन प्लसमा उपलब्ध छ । यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको टर्बो चार्ज्ड  डिजेल इन्जिन हुनेछ जसले अधिकतम १०५ किलोवाट र ३२० एनएम टर्क उत्पन्न गर्छ । नयाँ कारोकको लम्बाइ ४,३८२ एमएम, चौडाइ १,८४१ एमएम र उचाइ १,६२४ एमएम रहेको छ । ठूलो आकारले यात्रुलाई आरामदायी यात्रा दिलाउँछ । त्यसैगरी, यसको ह्विलबेस २,६३८ एमएम छ जसले सडकमा कारोकलाई चुस्त रहन मद्दत गर्छ र इन्टेरियरको अनुपात पनि पर्याप्त बनाउँछ । यसको बुट स्पेस ५२१ लिटर छ जुन क्लासमै सबैभन्दा बढी हो र पछिल्ला सिटहरु फोल्ड गरेर यसलाई १,६३० लिटरसम्म बनाउन सकिन्छ जुन कुनै पनि ‘बिजनेस या विकेन्ड ट्रिप’को लागि पर्याप्त छ । यसको फेसियामा रहेको स्कोडाको ‘सिग्नेचर रेडियटर ग्रिल’ वरपर राखिएको क्रोम, अटोमेटिक हेडल्याम्प लेभलिङसहितको एएफएस (एडाप्टिभ फ्रन्ट लाइट सिस्टम) एलईडी हेडल्याम्प, ‘कर्नरिङ फंक्सन’ भएको फगल्याम्प, गाडीको स्पिड, मौसमअनुसार परिवर्तन हुने हेल्याम्पले नयाँ कारोकको एक्सटेरियरलाई अतुलानीय बनाएको छ । यसमा ‘बाउन्स ब्याक सिस्टम’ सहितको ‘इलेक्ट्रिकल्लली एडजस्टेबल पानोरामिक सनरुफ’ राखिएको छ जसले इन्टेरियरलाई अझ बढी ‘स्पेसियस’ भएको अनुभव दिलाउँछ । कारोकको पछिल्लो भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलईडी टेललाइट रहेको छ । त्यसैगरी, टेलगेटमा ब्लक अक्षरमा ‘स्कोडा’ लेखिएको छ जसले स्कोडाको ‘डिजाइन फिलोसोफी’ झल्काउँछ । कारोकको ड्यासबोर्डमा ‘ब्ल्याक लेदर अहोस्ट्रि’सहित सिल्भर टच दिइएको छ । ब्ल्याक इलेमेन्टमा क्रोम हाइलाइट प्रयोग गरिएको छ । यसमा ‘भर्च्युअल ककपिट’ र ‘हिटेड फ्रन्ट सिट’ राखिएको छ जसले ‘प्योर ड्राइभिङ प्लेजर’ प्रत्याभुत गर्छ ।  यसमा ‘प्रोक्सिमिटी सेन्सर’सहितको २०.३२ सेन्टिमिटरको टच डिस्प्ले छ । त्यसैगरी, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, युएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङ जस्ता सुविधा छन् । साथै विना झन्झट ‘मोबाइल कनेक्टिभिटी’का लागि ‘स्मार्टलिंक’ जडान गरिएको छ । नयाँ स्कोडा कारोकमा ‘एअर केयर फंक्सन’सहितको ‘इन्टेलिजेन्ट टु जोन क्लाइमेट्रोनिक एअर कन्डिसनिङ सिस्टम’ छ जसले गर्दा अगाडि र पछाडिका यात्रुलाई छुट्टाछुट्टै तापक्रम कायम गर्न सकिन्छ । साथै, यसमा ‘ह्युमिडिटी सेन्सर’समेत छ, जसले ‘विन्डस्क्रिन’ बाफिलो हुन रोक्छ । अध्याँरोमा गाडीमा प्रवेश गर्ने सहज बनाउन ‘साइडभ्यु मिरर’मा ‘बोर्डिङ स्पट ल्याम्प’ राखिएको छ । यसका साथै, यसमा ‘क्र्युज कन्ट्रोल’ र ‘अटोमेटिक रेन सेन्सिङ वाइपर’ समेत यसमा जडान गरिएको छ । नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य एक करोड १५ लाख रुपैयाँ र कारोक एम्बिसन प्लसको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ ।