मोटरहेड ब्रान्डको मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि, विभिन्न छुट पाइने

<p>काठमाडौं । मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ । मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो । उक्त शाखामा बाइक र पार्ट्स बिक्री, स्पेयर र सर्भिसिङको पनि सुविधा प्रधान गरिएको छ । अत्याधुनिक प्रविधिसहित सभिर्सिङका लागि कुशल [&hellip;]</p>

काठमाडौं । मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ । मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो ।

उक्त शाखामा बाइक र पार्ट्स बिक्री, स्पेयर र सर्भिसिङको पनि सुविधा प्रधान गरिएको छ । अत्याधुनिक प्रविधिसहित सभिर्सिङका लागि कुशल जनशक्ति पनि परिचालन गरिएको प्रालिले जानकारी दिएको छ ।

अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको एसएलआर टेक्नोले ललितपुर र भक्तपुरपछि ग्राहकको सहजताका लागि यो तेस्रो शाखा खोलेको जनाएको छ।

हाल यस ब्रान्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क, चाबहिल र भक्तपुर गरी पाँच ठाउँमा छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा रहेको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारीक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सञ्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने बताएको छ ।

कम्पनीले आफ्नो बालाजुस्थित शाखा उद्घाटनमा विशेष अफरस्वरूप स्पेयर पार्ट्समा १० प्रतिशत, मजदुर ज्यालामा ५० प्रतिशत छुट तथा निःशुल्क बाइक वासिङ तथा बाइक खरिद गर्दा १५ हजार छुटको व्यवस्था गरेको छ।

Share News