काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् ।
ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ ।
खल्तीको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।