सुजुकीले ल्यायो ‘नयाँ वर्ष बिग हर्ष’ अफर, सीमित अवधिको लागि मात्र लागू हुने

<p>काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले &#8216;नयाँ वर्ष बिग हर्ष&#8217; योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा उक्त योजना ल्याएको हो । चैत १० गतेदेखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा १० हजार रुपैयाँ ग्यारेन्टीका [&hellip;]</p>

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष बिग हर्ष’ योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा उक्त योजना ल्याएको हो ।

चैत १० गतेदेखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा १० हजार रुपैयाँ ग्यारेन्टीका साथ क्यासब्याक पाइनुका साथै एक्स्चेञ्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्स्चेञ्ज र फाइनान्स गर्न सक्नेछन् ।

नयाँ वर्ष २०७८ लाई मध्यनजर गरिएकाे याे याेजना सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जानकारी गराएकाे छ । नयाँ डिजाइन र मोडेलका साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।

Share News