प्रोटोन एक्स ७० नेपालमा पनि आउँदै, नेपाली ग्राहकले पनि मन पराउने विश्वास

काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनीप्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफलभएको छ। केहि समय अघि मात्रचर्चित मोडल प्रोटोन सागा ल्याए संगै नेपालमा समेत यस कम्पनीले आफ्नो उपस्थिती जनाइ सकेको छ। प्रोटोनलाई नेपाल ल्याउने कामचाहिं शंकरग्रुपका मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले गरेको हो । यस्तै,  यस कम्पनीले विभिन्न समयमा ल्याएका गाडीहरुलाई ग्राहकले एकदमै मन पराएका छन् । सन् २०१८ प्रोटोनको लागि विशेष रहन गयो । अहिले मलेशियामा मात्र नभएर विश्व अटो बजारमा नै प्रोटोन एक्स ७० निकै रुचाइएको थियो। यसले प्रोटोनलाई मलेशियन लगायत बिश्व अटोमोबाइलबजारमा एउटा नयाँउचाइहाँसिल गराउननिकै नै ठुलो भूमिका खेल्यो। अहिले नेपाली बजारमा पनि प्रोटोन एक्स ७० ल्याउने तयारी भइरहेको छ । जगदम्बा मोटर्सले यो गाडीलाई नेपाल ल्याउने तरखर गरिरहेको छ । प्रोटोनको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दाबडीमुलुकमायसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको छ। उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिमशहरमा रहेको छ। १२८० जमीनमाफैलिएको यो विशालकारखाना, हरेक दृष्टिकोणले अत्यन्तआधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालय समेत रहेको छ। प्रोटोनप्रविधिको क्षेत्रमापनिएकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा अत्याधुनिके अन्तराष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ। गिलीहोल्डिंग र भोल्भो संगको सहकार्य पश्चातअझनविनतमअन्तराष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूलमान्यताहरुलाई अघि बढाएको छ। अरु ठुला ठुलाकम्पनी संग प्रतिस्पर्धामा रहिरहनपनिप्रोटोनले प्रविधिको विकासतथा अनुसन्धानमा अरबौं रूपैया खर्चेको छ। अत्याधुनिक सुविधाहरू र नवीनउत्पादनहरू बजारमा ल्याउनप्रोटोनले डिजाइन र ईन्जिनियरिङ्मा नयाँप्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ, जसमार्फत उसले आफ्नाविश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशीलयात्रातर्फ अग्रसर गराइरहेको छ। ३६ बर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादनगर्दै आइरहेको प्रोटोनले हालसम्म २७वटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४४ लाखभन्दा बढी ग्राहक रहेका छन्।

हीरो मोटोकर्प र गोगोरोबीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

काठमाडाैं । हीरो मोटोकर्प र गोगोरो इंकले आज भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुबै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्नेछन् । नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण – ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप छ, जुन हामी आफ्नो लक्ष्य (ःष्ककष्यल) ‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत् जीवन्त तुल्याउँदैछौं । आज हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ, जसरी हाम्रो विश्वव्यापी आकार र इनोभेसन पावरहाउससहित हामीले हीरोलाई टु व्हीलरमा अग्रणी तुल्याएका छौं, त्यसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको छ ।’    

टिभीएस मोटर्सले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई स्पाेन्सर गर्ने

काठमाडौं । टिभीएस मोटर्स कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ स्पाेन्सर गर्ने भएकाे छ । ४५ दिनसम्म चल्ने यस च्याम्पियनसिपकाे रेजिस्ट्रेसन आजदेखि सुरु भएकाे छ । यसकाे तीन भाग्यशाली विजेताले टिभिएस एन्टोर्क १२५ सुपर स्क्याड एडिसन स्कूटर जित्नेछन् । पब्जी नेपालको जेन जि मध्येको एक लोकप्रिय खेल हो र यो च्याम्पियनसिप गेमिंङ्ग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ । कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने आफुहरुकाे लक्ष्य भएकाे कारण यस्ता च्याम्पियनसिपहरुमा आफुहरु आगामी दिनहरुमा पनि संलग्न हुने बताए ।