विष्णु पौडेलले युवराजको नीतिलाई उल्ट्याए, विद्युतीय गाडीलाई प्रोत्साहन, कर पनि छुट

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी ५ लाई विद्युतीय गाडीमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यस्तो ५ वर्षभित्र रुपान्तर गरे सेवा शुल्क लगायतका सेवा नलिने पनि बताएका छन् । उनले विद्युतीय गाडीलाई प्रोत्साहन गरेका छन् । पिद्युतीय गाडीमा कर छुट दिने व्यवस्थ गरेर उनले पूर्व अर्थमन्त्री डा. युवराज खतिवाडाको नीतिलाई लत्याएका छन् । उनले विद्युती गाडीलाई प्रात्साहन गर्न सरकार थप कार्यक्रम घोषणा गर्न तयार रहेको बताएका छन् ।खतिवडाले विद्युतीय गाडीमा कर बढाएका थिए ।  

सवारी साधनको किस्ता अब खल्तीबाटै, भाग्यशालीले ५ हजार रूपैयाँ जित्ने

काठमाडौं । सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती एपबाट तिर्न सक्ने भएका छन् । ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गर्दा किस्ता भुक्तानी खल्ती मार्फत गर्न पाउनेछन् । यसरी किस्ता भुक्तानी खल्ती मार्फत गर्दा उनीहरु खल्ती इएमआइ बचत अभियानमा पनि सहभागी हुन पाउने छन् । खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन् । कम्पनीकाे अनुसार यस योजनामा सहभागी हुन चाहने ग्राहकले मोवाइलमा ग्राहक पहिचान (केवाइसी) भेरिफाइ गरेको हुनुपर्नेछ । यो योजना जेठ १८ सम्म लागू हनेछ । खल्तीबाट सवारी साधन ऋणको किस्ता तिर्न खल्तीको होमस्क्रनमा रहेको इएमआइमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सवारी साधनको ऋण प्रदायक कम्पनी छनौट गरी सजिलै भुक्तानी गर्न सकिन्छ । ग्राहकले सवारी साधनको किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेको बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने छन् ।  

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

काठमाडौं । नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु-ह्विल ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको छ । यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता एक्सक्ल्युसिभ फिचरहरु छन् । साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस६ इन्जिन रहेको छ । रेजेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ । भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्विलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ । यो अवार्डले भारतमा यो स्कुटरलाई भारतमा निकै रुचाइएको सन्देश पनि दिएको छ । नेपालमा पनि यामाहा रेजेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएका छन् । ‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौं । हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ । स्कुटर अफ द इयर अवर्डाले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ । हामी यसमा गौरवान्वित छौं,’ स्कुटर अफ द इयर अवार्ड जितेपछि एमएडब्लु-यामाहाका सीईओ चिरञ्जीवी शाहले भने ।