अगस्टा सुपर भेलोचेसी रिओरो नेपालमा सार्वजनिक, मूल्य ७९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपाल भित्रिएको छ । एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपालमा भित्र्याएका हुन् । उक्त मोटरसाइकलको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सपुर भेलोचे ओरो मोटरसाइकल विश्व प्रसिद्ध इटालियन ब्रान्ड, एमभी अगस्टाको नि यो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्रीबाट व्यत्पन्न, यसलेइन–लाइन तीन सिलिन्डर ईन्जिन रहेको कम्पनीले दावी गरेको छ । त्यस्तै यसमा कम्प्याक्ट शारीरिक संरचना, दवै रेसिङ्ग र नियमित सवारीको लागी डि जाइन गरिएको छ । यस मोटरसाइकल, एमभी अगस्टा ब्राण्डको रेसिङ्ग वि रासतबाट प्रेरित भए पनि यसमा थप उच्चस्तरिय प्रविधि रहेको कम्पनीले जनाएको छ । यो केवल ३०० एकाईमा उत्पादन भएको कम्पनीले जनाएको छ । एस जेमोटो नेपालमा नयाँ र रिफर्बिसर्बि गरिएको सपुर बाइकहरूको लागि एक प्रीमियम मोटरसाइकल शोरूम हो । यो अन्य ऐतिहासिक मोटरसाइकल र सपुर बाइकहरूको लागि सग्रंहालय पनि हो । एस जेमोटो सँग हाल स्टकमा रहेका एम भी अगस्टाका  MV Augusta F3, MV Augusta F4, MV Augusta Dragster, MV Agusta Brutale 800, MV Agusta Turismo Veloce, र MV Agusta Turismo Veloce Lusso बाइकहरू बजारमा उपलब्ध छन् ।        

जापानबाट पहिलो विद्युतीय कार भित्रिँदै, ६० मिनेटमै फूल चार्ज, ब्याट्रीमा ८ वर्षे वारेन्टी

काठमाडौं । निसान कम्पनीले पायोनियर मोटो कर्प प्रा.लि. मार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । जिरो ईमिशन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो । निर्माता कम्पनीको उद्देश्य समाजमा सवारी साधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पुर्याउनु हो । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । निशान मोटर इंडियाका अध्यक्ष सिनान ओजकोकका अनुसार, ‘विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोश्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो, निसान को ’निसान इन्टेलीजेन्ट मोबीलीटी’ अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ, दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकहरु प्रतिको आत्मविश्वास र उत्साहजनक जिवनलाई पनि निरन्तरता दिनेछौं ।’ लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्प प्रा.लि.का प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्छन्, ‘इलेक्ट्रिक भेहिकलका विशेषताहरु र उपयोगिताबारे हाम्रा आदरणीय ग्राहकहरुलाई जानकारी गराउनुका साथै अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल हो, शून्य प्रदुषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी छ, निसान लिफ ई.भी.ले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजिकरण गर्ने छ ।’ यस्को इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट हावरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ । इन्टेलिजेन्ट ड्राइभिङ्ग अन्तर्गत निसान लिफको इ-पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ । निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिङ्गल-टोन कलर रहेको छ भने ५ वटा डुअल-टोन कलर रहेको छ । निसान लिफ ई.भी.बाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ । निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जिपको नयाँ कम्पास नेपाली बजारमा, मूल्य एक करोड ३६ लाखसम्म पर्ने (फोटोसहित)

काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भच्र्युअल माध्यमबाट सार्वजनिक गरेको छ । नयाँ कम्पासलाई नेपालका मिडिया व्यक्तित्व भुषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेका हुन् । नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचरको लामो सूची रहेको छ । नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध छ जसको बारेमा विस्तृत जानकारी याे लिंकमा राखिएको छ । नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ । फिचर लिस्ट नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि रहेको छ । इन्टेरियरमा भने व्यापक परिवतन गरिएको छ । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल नयाँ कम्पासको र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल-स्टिच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोट स्टेरिङ ह्विल रहेको छ । नयाँ कम्पासमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । नयाँ फिचरमा डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ । ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् । सुरक्षाका लागि नयाँ कम्पासमा फ्रेक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एअरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्ट लगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको छ । नयाँ कम्पासको इन्जिन र पावरट्रेन नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध छ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ । त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । फोर ह्विल ड्राइभ डिजेल भेरियन्टमा उपलब्ध हुनेछ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार वटा मोड उपलब्ध छ ।