साउन १७ गतेदेखि हुन्डाइका गाडीको मूल्य बढ्ने ( नयाँ मूल्य सूचिसहित)

काठमाडौं । नेपाली बजारमा हुन्डाइका गाडीहरूको मूल्य बढ्ने भएको छ । नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि (लक्ष्मी हुन्डाइ) ले साउन १७ गतेदेखि गाडीको मूल्य समायोजन गर्ने तयारी भएको जनाएको छ । कम्पनीले १७ गतेदेखि मूल्य बढ्ने भन्दै साउन १६ गतेभित्र सस्तो मूल्यमा गाडी खरिद गर्न समेत आग्रह गरेको छ ।

गत वर्षको दशैं तिहारको अफरअन्तर्गत दुई जनाले जिते हुन्डाई कार

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको बम्पर विजेताहरूको नाम घोषणा गरेको छ । कम्पनीले सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट दिएको थियो । यस्तै कम्पनीले कोभिडको कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १–१ जना विजेतालाई हुन्डाइ गाडी जित्ने मौका दिएको थियो । ‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत काठमाडौं मैतीदेवीका श्याम प्रसाद पौडेलले हुन्डाई ग्रान्ड आई १० माग्ना जितेका छन् भने दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत चितवनका चेत नारायण सापकोटाले हुन्डाई औरा एस जित्न सफल भएका छन् । सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।

एनएमबि बैंक सवारी कर्जा: अब ८.४९ प्रतिशत ब्याजदरमा २४ घण्टाभित्र पाइने

काठमाडाैं । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने भएकाे छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाइकाे छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पुर्याउने विश्वास लिईएको बैंकले जनाएकाे छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।