आकर्षक डिजाइनको हुन्डाई ‘आई २०’ नेपाली बजारमा, दुई अप्सनमा पाइने (मूल्यसहित)
काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ । हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरु देखिनै परिचित मोडल हो । नयाँ जेनेरेशन मोडल यूरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित रहेको कम्पनीको दावी छ । नयाँ जेनेरेशन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ । निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण निकै आकर्षक र सुन्दर देखिन्छ । प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईव्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषताले यसलाई सडकमा निकै विशिष्ठ बनाउने छ । व्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, आर्म रेष्ट जस्ता फिचरले आई २० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको छ । विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहने छ । यात्रु सुरक्षाको लागि आई २० मा हुन्डाईले धेरै फिचर प्रदान गरेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर रहेका छन् । अतुलनिय ड्राइभिङ एक्स्पेरिएन्स, उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिअर आर्म रेस्ट, रियर एसी भेन्ट्सले चालक र यात्रु दुबैलाई मनोरञ्जन सहितको यात्रा प्रदान गर्नेछ । हुन्डाई आई २० म्याग्ना र स्पोर्त्ज अप्सनमा उपलब्ध हुने छ । म्याग्ना अप्सनको मूल्य ३६ लाख ९६ हजार र स्पोर्त्ज अप्सनको मूल्य ४१ लाख ९६ हजार रूपैयाँ तोकिएको छ । हुन्डाईको नयाँ जेनेरेशन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको देशभर रहेका १४ वटै शोरुमाबाट बिक्री सुरु भएको छ । बिक्रीपछिको सेवाको लागि १८ वटा सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटरका उत्पादन नेपालमा सर्वाधिक बिक्री हुने कम्पनीमा पर्छ भने विश्वकै ५ औं ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो ।
ठिमीमा केटिएम र हस्कभाना बाइककाे नयाँ डिलरशिप शोरूम
काठमाडौं । नेपालमा केटिएम र हस्क्यभना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३ औं केटिएम र हस्कभना डिलरशिप शोरूम (टाइम्स अटो इन्टरप्राइजेज) खोलेको छ । यो शोरूमले धेरै ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ । हंसराज हुलासचन्दले सन् २०१२ मा केटिएम खरिद गरी नेपालमा ल्याएको थियो र अहिले यो ब्राण्ड देशमै सबैभन्दा मन पराइएकोे बाइक ब्राण्ड मध्ये एक हो । त्यस्तैगरी स्वीडिश ब्राण्ड हस्कभना सन् २०२० देखि बजारमा उपलब्ध छ । दुवै बाइक सबै केटिएक हस्क्युभर्ना शोरूमहरुमा उपलब्ध छन् । अहिलेको दिनसम्ममा केटिएम बाइकहरुले ३०० वटाभन्दा बढि विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेकाे छ ।
नेपालमा टिभिएसको एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिक्री
काठमाडाैं । टिभिएसको एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिटभन्दा बढी बिक्री भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गरेको कम्पनीको दावी छ । टिभिएस एनटर्क १२५ पहिलो पटक सन् २०१८ मा भारतमा सार्वजनिक भएको हो। ब्लुटुथ कनेक्ट गर्ने मिल्ने फिचर र स्पोर्टी स्कुटर भएकोले यो स्कुटर युवा पुस्तामाझ निकै लोकप्रिय रहेकाे छ । हाल नेपाली बजारमा टिभिएसको एनटर्क ५ भेरिएन्टमा उपलब्ध छ । यस स्कुटरमा बिएस ६-कम्प्लायन्ट, १२४.८ सिसी सिंगल-सिलिन्डर इन्जिन प्रयोग भएको छ जसले ७ हजार आरपिएममा ९.१ पिएस पावर र ५ हजार ५ सय आरपिएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा फ्युल इन्जेक्सन प्रविधि प्रयोग भएको छ । त्यस्तै यस स्कुटरमा डिजिटल स्पिडोमिटर, न्याभिगेसन असिस्ट, टप स्पिड रेकर्डर, इन-बिल्ट ल्याप-टाइमर, फोन-ब्याट्री, अन्तिम समय पार्क गरेको ठाउँ, सर्भिस रिमाइन्डर, ट्रिप मिटर लगायतको फिचरहरू छन् ।