बजाजको नयाँ शोरुम अब धनुषामा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले धनुषामामा सुविधासम्पन्न नयाँ शोरुम “माँ दुर्गा अटोमोबाइल्स ” को उद्घाटन गरेको छ । अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्माँपनीले दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निमर्ला कुमारी ज्यूलाई डिलरसीप प्रदान गरेको छ । यस नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले विश्वास् लिएको जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको र ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफुहरुको जिम्मेवारी रहेको बताए । शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

जगदम्बा मोटर्सद्वारा अपाचे १६० टुभि सार्वजनिक, मूल्य २ लाख ६९ हजार ताेकियाे

काठमाडाैं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको निर्माता कम्पनी टिभिएस मोटरले नयाँ मोडल ‘अपाचे १६० टुभि’ नेपालमा सार्वजनिक गरेको छ । उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भर्याङ्ग सोरुम मार्फत कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीहरुमार्फत सार्वजनिक गरेको हो । अपाचे १६० टुभिको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करणभन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि १२०/७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रणबारे जानकारी गराइरहन्छ । अपाचे १६० टुभिमा बेस्ट इन क्लास आर.टि.आर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आर.पि.एम मा १४. १४ पि.एसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आर.पी.एम मा १३.२ एन.एमको अधिकतम टर्क प्रदान गर्दछ। यसैगरि यसमा बेस्ट इन क्लास एम.आइ.जी सस्पेन्सन सक अप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन् । यसको मूल्य भने २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुमा स्थान जमाउन सफद भएको छ ।

हुन्डाई आई २० को मिडिया टेस्ट ड्राइभ

काठमाडौं । नेपालमा हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै मात्र लन्च भएको गाडी अल न्यू आई२० का लागि शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालका प्रतिष्ठित मिडिया हाउसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही आयोजित कार्यक्रममा अल न्यू आई२० का विशेषताहरु माथि ध्यान आकर्षण गराइएको थियो । एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको उक्त गाडीलाई बजारमा सकारात्मक प्रतिकृया प्राप्त भईरहेको छ । नेपाली अटो बजारमा अल न्यू आई२० ले नयाँ आयाम कायम गर्ने विश्वाश कम्पनीले लिएको छ । हुन्डाई आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर व्हाइट र फायरी रेडमा उपलब्ध हुनेछ । नेपालमा मग्ना र स्पोर्टिज भेरीएन्ट पाइने छ, जस्को मुल्य ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रुपैयाँ रहने छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १४ शोरुमहरु तथा १८ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।