एभेन्जर ट्रयाक्टरकाे नेपालमा बिक्रीवितरण सुरु

काठमाडौं । भाजुरत्न एग्रोले युरोपियन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा बिक्रीवितरण सुरु गरेको छ । नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर २५ एचपी देखी १०० एचपी सम्मको रेन्जमा टु व्हील तथा फोर व्हिलमा उपलब्ध छन् । नेपालमा बाहिरी प्रविधी तथा उच्चकोटीको ट्रयाक्टरको लाईनमा सस्तो तथा उचीत मूल्यमा विभीन्न सुविधासहित यस एभेन्जर ट्रयाकटरले प्रवेश गरेको कम्पनीको दावी छ । बिक्री शुरु गरेको केही सातामानै राम्रो बिक्री तथा बुकिङ्ग धमाधम भैरहेको र ग्राहकबाट राम्रो प्रतिकृया आईरहेकोले आफुहरु उत्साहित हुनुको साथै दायित्व पनि बढेको कम्पनीले जनाएको छ । बिक्री पछिको सेवालाई विशेष ख्याल राख्दै स्पटमानै गएर सेवा दिने तथा सर्भिस र पार्टपुर्जाको वितरणमा कुनै कमिकमजोरी हुन नदिने प्रतिबद्धता कम्पनीले गरेकाे छ । कम्पनीले यसको खरिदमा ग्राहकहरुको लागि विभिन्न स्किम पनि ल्याएको छ । जसमा स्पट फाईनान्सको सुविधा, सरल ब्याज, ३ महिनाको ब्याज छुट, २ वर्षको सम्पुर्ण सेडुल्ड सर्भीसीङ्गको सामान नि:शुल्क र २ वर्षको वारेन्टी रहेको छ ।  

भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सको परीक्षा हुने, नयाँका लागि आवेदन नखुल्ने

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञासँगै रोकिएको सवारी चालक अनुमति पत्रकाे लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आईतबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार परीक्षा सञ्चालन हुने जनाएको हो । यातायात व्यवस्था विभागको निर्देशन अनुसार यातायात कार्यालयले भदौ २० गतेदेखि लिखित तथा परीक्षण खुला गर्ने भएको हो । सूचना अनुसार भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न भएका, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी भएका, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी भएका र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षार्थीले परीक्षामा सहभागी हुन पाउनेछन् । पहिलो चरणमा लिखित परीक्षा दिएर प्रयोगात्मक परीक्षाको पर्खाईमा बसेकालाई ट्रायल खुला गरिएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र ठुलोभर्याङका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिए । उनका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फारम बुझाएका र अनलाइन फारम खुलाउने विषयमा अर्को सूचना जारी गरिनेछ । सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन स्थगित भइरहेको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै असार ८ गतेदेखि यातायात व्यवस्था कार्यालयहरुले सेवा सुरु गरिसकेका छन् । तर ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन भने खुलाएका छैनन् । विभागले ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गर्दै सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ ल्याएको छ । परीक्षा सञ्चालनका लागि मापदण्ड विभागले लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको लागि नयाँ मापदण्ड बनाएको छ । गत बिहीबार सार्वजनिक गरिएको मापदण्ड अनुसार लिखित परीक्षामा एक सिफ्टमा बढीमा सय जनालाई सहभागी गराउने र एउटा कोठामा बढीमा २५ जना राख्ने व्यवस्था गरिएको छ । यस्तै, ट्रायल पनि एक सिफ्टमा बढीमा ५० जनालाई मात्र सहभागी गराउने मापदण्ड स्वीकृत भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले स्वास्थ्य मापदण्डको कडा रुपमा पालना गर्दै परीक्षा सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार मापदण्डमा तोकिए अनुसार प्रत्येक सिप्टमा तोकिएको संख्यामा परीक्षार्थीलाई राखिनेछ । मापदण्ड अनुसार कार्यालयले खुला ठाउँ भएको विद्यालय वा अन्य भवन खोजेर लिखित परीक्षा सञ्चालन गर्नु पर्नेछ भने प्रयोगात्मक परीक्षाका लागि कार्यालयहरुले २४ घण्टा अगाडि परीक्षाको विवरण तोक्नुपर्ने हुन्छ । परीक्षा दिन आउनेका लागि मास्क र स्यानिटाइजर पनि अनिवार्य गरिएको छ । परीक्षासँगै नयाँ आवेदकका लागि अनलाइन फारम पनि खुलाइने विभागले जनाएको छ । निषेधाज्ञाका कारण लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा रोकिँदा अनलाईन आवेदन दिएका ४ लाख बढी लाइसन्सको पर्खाइमा बसेका छन् ।

नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा  हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच बिहिबार उक्त सम्झौता भएको हो । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुप मनि ढकाले हस्ताक्षर गरेका थिए । बैंकले ८८ शाखा, ज्१९ एक्स्टेनसन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।