बजाजको दशैं अफर: बाइक किन्नुअघि १० हजार, किन्दा १ लाख र किनेपछि १० लाख जित्ने माैका
काठमाडौं । दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले,, किन्ने बेला किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद, खरीदको दौरानमा १ लाखसम्म र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज” अभियान प्रस्तुत गरेको बताए ।
अब ड्याट्सनकाे गाडी किन्दा साढे २ लाख फाइदा
काठमाडाैं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चाडवाडको अवसर पारेर नेपाली बजारमा “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ । कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसरमा यो आकर्षक योजना ल्याएकाे हाे । यस योजनामा ग्राहकलाई कूल २ लाख ४१ हजार ५२ बराबरको विशेष सुविधा रहेकाे छ जसमा १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन् । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएकाे छ । यसबम सागै अफरमा ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुने कम्पनीले जनाएकाे द्ध ।
जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा
काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नेपालगञ्जको भुजाई गाउँ चोकमा साेमबार जावा मोटरसाइकलको शोरूम खोलेको छ । यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा पहुँच सजिलाे बनेकाे जनाएकाे छ । अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले सबै ग्राहकहरूलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित नयाँ जावा शोरूम संचालनमा ल्याएकाे बताए । कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले यस शाेरुमबाट अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड गर्न पाउनेछन् । नेपाली बजारमा अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सेवा दिइरहेकाे छ ।