बेनेली ७५२ एस कन्ने पहिलो तीन ग्राहकलाई एक लाख १० हजार छुट
काठमाडाैं । बेनेली ७५२ एस कन्ने पहिलो तीन ग्राहकले एक लाख १० हजार छुट भएका छन् । बेनेलीकाे ११०औं वार्षिकोत्सवकाे अवसरमा कम्पनीले ७५२ एस कन्ने पहिलो तीन ग्राहकलाई एक लाख १० हजार छुट दिने भएकाे हाे । यस बाइकमा चारवटा स्ट्रोकको ७५० सिसि लिक्विड कुल्ड टुव्नि सिलिन्डरको ईन्जिन, ७६ एचपी मा ८५०० आरपीएम र ६७ एनएम मा ६५०० आरपिएम पावर र म्याक्सिमम टोर्क जडान गरिएको छ । साथै यसबमे प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी रहेको छ । नेपालको लागि बेनेलिकाे एक मात्र आधिकारीक बिक्रेता रहकाे केटिएम इन्टरनेशनल ट्रेडिङ्गकाे अनुसार यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिनेछ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध रहेकाे छ ।
एकैदिन ७५ वटा नयाँ स्कोडा कुशाक बिक्री
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकैदिन ७५ वटा नयाँ स्कोडा कुशाक बिक्री गरी डेलिभर गरेकाे छ । दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले सहर्ष स्विकारिसकेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । ‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं । आजको मितिसम्म हामीसँग एकसय १५३ भन्दा बढी बुकिङ छन् । आज चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’ रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो । एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । नेपाली बजारमा कुशकको मूल्य निम्नअनुसार रहेको छ- भेरियन्ट मूल्य (नेरु) एक्टिभ एमटी ४९,९०,००० रुपैयाँ एम्बिसन एमटी ५३,९०,००० रुपैयाँ एम्बिसन एटी ५८,९०,००० रुपैयाँ स्टाइल एमटी ६०,९०,००० रुपैयाँ स्टाइल एटी ६५,९०,००० रुपैयाँ
कृष्ण इन्टरनेशनलले बनेपामा हाउजेको शोरुम विस्तार गर्दै
काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन हुने कम्पनीले जानबारी दिएकाे छ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ । कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको शोरुमको उद्घाटन गर्नेछन् । शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गर्ने जनाएकाे छ । बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले बताएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन् । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । यस बाइककाे इन्जिनमा २ वर्ष वारेन्टी, ६ पटकसम्म फ्रि सर्भिस र माेटरसाइकलकाे पार्टसहरु पनि सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् । काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यकाबाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा यसकाे अन्य शोरुम रहेकाे छ ।