कृष्ण इन्टरनेशनलले बनेपामा हाउजेको शोरुम विस्तार गर्दै

<p>काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन हुने कम्पनीले जानबारी दिएकाे छ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ । कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको शोरुमको उद्घाटन गर्नेछन् । शोरुम उद्घाटनका अवसरमा हाउजेका [&hellip;]</p>

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन हुने कम्पनीले जानबारी दिएकाे छ ।

बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ ।

कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको शोरुमको उद्घाटन गर्नेछन् । शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गर्ने जनाएकाे छ ।

बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले बताएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन् । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ ।

‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । यस बाइककाे इन्जिनमा २ वर्ष वारेन्टी, ६ पटकसम्म फ्रि सर्भिस र माेटरसाइकलकाे पार्टसहरु पनि सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् ।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यकाबाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा यसकाे अन्य शोरुम रहेकाे छ ।

Share News