मौद्रिक नीति: अटोमोवाइल व्यवसायीलाई राहत

<p>काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिए हुन् । उनले मौद्रिक नीतिमा विद्युतिय सवारीसाधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपात र आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा [&hellip;]</p>

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिए हुन् ।

उनले मौद्रिक नीतिमा विद्युतिय सवारीसाधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपात र आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको बताए ।

त्यस्तै माैद्रिक नीतिमा कोभिड-१९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने भनिएको छ ।

यसका साथै कोभिड-१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन/मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारीसाधन २ लाखसम्म थप कर्जा प्रदान गर्नसक्ने व्यवस्था मिलाइने र ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने माैद्रिक नीतिमा उल्लेख छ ।

उनले यसबाट विपन्न वर्गलाई सवारीसाधन खरिद गरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरूलाई केही राहत पुग्ने बताएका छन् ।

मौद्रिक नीतिमा कोभिड १९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरूलाई बैङ्क तथा वित्तीय संस्था स्वयम्ले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्थाले महामारीका कारण सङ्कटग्रस्त उद्योग लगायत यातायात क्षेत्रले पनि राहत पाउने देखिएकाे दुलालले बताएका छन् ।

 

 

 

Share News