चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’ का कारहरू नेपाली बजार भित्रिँदै

<p>काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ । औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले चाँडै नै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो । नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न [&hellip;]</p>

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ । औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले चाँडै नै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो ।

नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ ।

‘च्याङ्गन नेपाल’ ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचारसामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ । कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरुमार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरुमार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन् ।

अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत १५८ वर्षमा कम्पनीले ‘स्थायीसुरक्षा’ को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ ।

विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीनवटा विकासकेन्द्रहरु, तथा अठारभन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको तथ्यबाटै च्याङ्गन एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने दाबी कम्पनीले गरेकाे छ ।

साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरुमार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा सानो प्रतियोगिता पनि संचालन गरेको छ । जसअन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअरमध्येबाट भाग्यशाली १० विजेता छानेर आकर्षक पुरस्कार प्रदान गर्नेछ ।

‘भविष्यउन्मुख, सदैव’ भन्ने नाराका साथ कम्पनीले नेपाली अटो बजारमा आफ्नो उपस्थिति जनाउने निर्णय गरेको छ ।

Share News