होण्डा सिबी ३५० आरएस अब नेपालमा, ७ लाख ७५ हजार मूल्य ताेकियाे

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च गरेको छ । नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा कम्पनी विश्वस्त रहेकाे जनाएकाे छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ । एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस सिबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको छ । थप जानकारीका लागि ग्राहकले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

तीव्र प्रतिस्पर्धा गरिरहेका क्रेटा, सोनेट र कुशकः यस्तो छ मूल्य र विशेषता

काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्कोडाको कुशक गाडी हालसालै मात्र नेपाली बजारमा भित्रिए पनि हुण्डाईको क्रेटा र कियाको सोनेट भने नेपाली बजारमा उपलब्ध थिए । यी तीन कम्पनीका गाडीको मूल्य, सुविधा, इन्जिन क्षमता जस्ता केही पक्षमा समानता पनि छ । सोही कारण हामीले यी तीन गाडीको तुलना गर्ने प्रयास गरेका छौं । क्रेटा नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको क्रेटा गाडी भिञ्याएको हो । हुण्डाईको क्रेटा गाडी कोरियाली कम्पनीले बनाएको गाडी हो । क्रेटा गाडी ४६ लाख ५६ हजार रुपैयाँदेखि ७४ लाख ९६ हजार रुपैयाँसम्मका ६ वटा भेरियन्ट नेपालमा भित्रिएको हो । उक्त गाडीमध्ये ४ वटा पेट्रोल र २ वटा डिजेल इन्जिन रहेका छन् । पेट्रोलमा १५ किलोमिटर माइलेज र डिजेलमा १७ देखि २१ किलोमिटर प्रतिलिटर माइलेज दिने क्रेटा गाडीका भेरियन्टहरुको क्षमता रहेको छ । यस्तै पेट्रोल र डिजेल दुबैमा १९० डाउन्स क्लियरेसन्स एमएम र इन्जिन क्षमता पेट्रोलमा १५९१ र डिजेलमा १३९६ देखि १५८२ सिसीसम्म रहेका छन् । सोनेट कियाको सोनेटका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले उक्त गाडी भित्राएको हो । सोनेटका ४ भेरियन्ट अहिले नेपाली बजारमा उपलब्ध छन् । हाल नेपाली बजारमा किया सोनेटको मूल्य क्रेटा र कुशकको तुलनामा केही कम रहेको छ । भारतमा निकै लोकप्रिय बनेको उक्त गाडी ३५ लाख ९० हजार रुपैयाँदेखि ५७ लाख ९० हजार रुपैयाँसम्मका रहेका छन् । एक वटा पेट्रोल र तीन वटा डिजेल गरी हाल नेपाली बजारमा ४ भेरियन्ट उपलब्ध छन् । कुशक नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कुशक गाडी नेपालमा भित्र्याएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । विशेषता किया सोनेटका गाडीमा ६ वटा एयरव्याग ७ स्पिकर, १०.२५ एचडी टचस्क्रिन, वायरलेस फोन चार्जर, लेदरको सिट तथा डोर प्यानल र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट लगायतका सुविधा दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स २११ एमएम र बुट स्पेस ३९.२ लिटरको छ । यस्तै, स्कोडा कुशकको अगाडिको भागमा चौडा र स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प रहनुका साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल छ । साथै, पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ । कुशकमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ । कुशकमा सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । त्यस्तै, इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । यस्तैगरी, हुण्डाईको क्रेटा गाडीमा ६ वटा एयरब्याग, गाडी स्थिरता प्रबन्धक, सहायक नियन्त्रण, रियर पार्किङ असिस्ट सिस्टम, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण लगायतका विशेषता छन् ।

‘एसयुभी स्कोडा कुशाक’ स्थिर ब्याजदरमै किन्न पाइने, सुरुवाती मूल्य ४९ लाख ९० हजार (कुनको कति ?)

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको विक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ । ‘स्कोडा कुशाक हाम्रा लागि निकै महत्वपूर्ण छ । कुशाकमार्फत हामी यो गतिशितल अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं । यो एसयुभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो । त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयुभी हो,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल-बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर-प्रुफ छ । यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’ रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो । एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक-केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । आकर्षक एक्सटेरियर नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । बिलासी इन्टेरियर स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि-स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु-स्पोट मल्टिफंक्सन स्टेरिङ छ । यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम-प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ । त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ । पावरफुल टीएसआई इन्जिन नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ जसले इन्टरनेशनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ । ३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ । कम्फर्ट, कन्भिनेन्ट र कनेक्टिभिटी नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ । यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ । एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन रहेको छ । यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ । कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्नेछ । यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा युएसबी सी पोर्ट हुनेछ । स्टाइल ट्रिममा वायरलेस चार्जर समेत रहेको छ । कुशाकमा एअर केयर फंक्सनसहितको टच कन्ट्रोल्ड क्लाइमेट्रोनिक पनि रहेको छ । बेजोड सुरक्षा व्यवस्था कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ । यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर यसमा छन् । मूल्य